अमेरिकामा फेरि लगातार छैठौं हप्ता सम्म कोभिडबाट अस्पताल भर्ना हुने संख्यामा वृद्धि भएको छ । तर अझै पनि ऐतिहासिक न्यून रहेको अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडीसी)ले जनाएको छ ।
अगस्ट १९ मा अन्त्यको सातामा अस्पताल भर्ना १८.८% बढेर १५,०६७ पुगेको थियो । सिडिसीले अद्यावधिक गरिएको तथ्यांक अनुसार संयुक्त राज्य अमेरिकामा कोभिडको कारण अस्पताल भर्नाहरू बढ्दै गएको उल्लेख गरेको छ ।
सिडिसीले अस्पताल भर्नाहरू लगातार छैठौं हप्ता पनि बढेको जनाउदै अगस्त १३ देखि अगस्त १९ सम्म १५,०६७ अस्पताल भर्ना भएको जनाएको छ ।
अर्थात् १८.८% ले बढेको छ ।
गत हप्ता अस्पताल भर्ना हुने संख्या गत वर्षको सोही समयको तुलनामा करिब २.५ गुणा न्यून छ भने त्यसै गरि सन् २०२१ मा यो हप्ताको तुलनामा करिब ५.५ गुणा न्युन रहेको छ ।
२०२१-२०२२ मा ओमिक्रोन लहरको चरम समयमा अस्पताल भर्नाहरूमा १,५०,००० भन्दा बढी थिए।
मृत्यु दर पनि अलिकति बढेको सिडिसीको तथ्यांकमा उल्लेख गरिएको छ । तथ्यांक अनुसार गत हप्ता सबै मृत्यु मध्ये १.७% कोभिडका कारण भएको थियो। यद्यपि कोभिडबाट मृत्यु दार पनि न्यून रहेको छ। विज्ञहरूले आगामी केही हप्ताहरूमा संक्रमण बढ्ने चेतावनी दिएको एबिसीन्यूजले जनाएको छ ।
अहिले बिए.२.८६ नामक नयाँ संस्करणको कोरोना भाइरस (बिषाणु )रहेको छ । संयुक्त राज्य अमेरिकामा तीन सहित विश्वव्यापी रूपमा १३ वटा मामलाहरुको पहिचान गरिएको छ।
विज्ञहरूका अनुसार बढी संक्रमण हुन् सक्ने तर यसले कुनै बढी गम्भीर रोग निम्त्याउन सक्ने देखिएको छैन भनि एबिसीन्यूजलाई बताएका थिए ।
प्रतिक्रिया