इडालिया समुन्द्री आँधीको कारण फ्लोरिडाका गभर्नरले मानिसहरूलाई घर छोड्न आदेश ,२२ सय उडान ढिला र ५ सय उडान रद्ध

इनेप्लिज २०८० भदौ १२ गते २३:३६ मा प्रकाशित

इडालिया समुन्द्री आँधी फ्लोरिडामा ठूलो असर गरेको भएकोले फ्लोरिडाका गभर्नर रन डिसान्टिसले अहिले सम्म प्रभावित क्षेत्रमा मानिसहरूले अहिले सम्म घर नछोडेको भए छोड्न आदेश दिएका छन् ।

एबिसीन्यूजक अनुसार मङ्गलबार २,२०० भन्दा बढी उडानहरू ढिलाइ भएका छन् । इडालिया नजिकिँदै गर्दा अमेरिकाभरि ५०० भन्दा बढी उडानहरू रद्द गरिएका छन्।

बुधवार ,अहिलेसम्म ५०० भन्दा बढी अमेरिकी उडानहरू रद्द भएका छन्।

हाल ट्याम्पा अन्तर्राष्ट्रिय विमानस्थल र सेन्ट पीट–क्लियरवाटर अन्तर्राष्ट्रिय विमानस्थल बन्द छन्। सारासोटा-ब्राडेन्टन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजे बन्द हुने भएको छ।

आपतकालीन व्यवस्थापनको फ्लोरिडा बिभागका निर्देशक केभिन गुथ्रीका अनुसार १२ देखि १३ फिटको आँधीबेहरी आउने बताए ।

फ्लोरिडाका २८ वटा काउन्टीहरूमा बाहिर जान आदेश दिइएको छ । फ्लोरिडा राज्यभर ५० भन्दा बढी आश्रयस्थलहरू स्थापना गरिएको छ ।

इडालिया राती सम्म श्रेणी ३ आँधीमा परिणत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया