अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फुल्टन काउन्टी जर्जियाको कारागारमा आत्मसमर्पण गर्दै कारागारमा लिइएको उनको तस्बिरलाई चुनाव प्रसार अभियानले तस्बिर सहितको व्यापारिक सामान बेच्न थाले पछि अहिले सम्म ७.१ मिलियन अर्थात् ७१ लाख डलर सङ्कलन गर्न सफल भएको छ ।
ट्रम्पको चुनाव अभियानले गन्जी ,मग आदी इत्यादी निर्माण गर्दै बिधुतिय रुपमा यसले सामान बेच्न थालेको छ भने मानिसहरु धमाधम खरिद गर्न थालेका छन ।
ट्रम्प अभियानले उनको अनुहार मात्र आउने जसलाई अंग्रेजीमा मग शट भनिन्छ त्यसलाई सही उपयोग गर्दै मग(प्याला) र गन्जीहरुमा “कहिल्यै आत्मसमर्पण नगर्नुहोस्” सहित लेखिएको सामान बिक्रीमा राखिए पछि मानिसहरु यसलाई खरिद गर्नेको ओईरो लागेको छ ।
ट्रम्पको अभियानले पूर्व राष्ट्रपतिलाई जर्जिया चुनावी विध्वंसको मुद्दामा गत बिहीबार फुल्टन काउन्टी कारागार (जेल) प्रक्रिया गरेपछि ७.१ मिलियन (७१ लाख डलर )उठेको बताएको छ।
जनवरी ६ को संसद बिद्रोह मुद्धाको लागि अभियोग ,जर्जियाको फुल्टन काउन्टी कारागारमा उनको आत्मसमर्पण र प्रक्रिया पछि, विगत तीन हप्ताको लागि ट्रम्पको कोष सङ्कलन लक्ष्य कुल २० मिलियन डलर अर्थात् २ करोड डलर राखिएको एक ट्रम्प अभियान अधिकारीले बताए।
शुक्रबार जर्जियामा उनको गिरफ्तारीको भोलिपल्ट ट्रम्पले ४.१८ मिलियन डलर उठाए जुन सम्पूर्ण अभियानको सबैभन्दा धेरै कमाउने दिन भएको छ ।
कोष सङ्कलन तथ्याङ्कहरू पहिलो पटक पोलिटिको पत्रिकाले समाचार प्रकाशित गरेको थियो । ट्रम्पको गिरफ्तारी पछि उनको अभियानले तुरुन्तै पूर्व राष्ट्रपतिको मग शट (अनुहार देखिने तस्बिर )सहितको व्यापारिक सामान बेच्न सुरु गरेको थियो । स्रोतका अनुसार उनको उक्त अनुहार मात्र आउने तस्बिर सहितको बिक्रीले उच्च कोष सङ्कलन कुलमा योगदान पुर्याएको छ।
पूर्व राष्ट्रपतिले गत बिहिबार साँझ ७:५५ मा फुल्टन काउन्टी जेल (कारागार )छोडेका थिए। बिहीबार पहिलो पटक उनको चारवटा अपराधको आरोपमा प्रहरी अधिकारीहरूले ट्रम्पको मग शट (अनुहार मात्र आउने तस्बिर )लिए र उनलाई रिहा गरेका थिए ।
गत बिहिबार ९:२० राती ट्रम्प सेभ अमेरिका संयुक्त कोष सङ्कलन समितिले ट्रम्पको अनुहार मात्र आउने तस्बिर सहितमा “कहिल्यै आत्मसमर्पण नगर्नुहोस्” भन्ने शब्दहरू सहितको कमिज (टी-शर्ट), मग, पेय पदार्थ , टास ( स्टिकर )र अन्य व्यापारिक सामानहरू बिक्री सुरु गरेका थिए ।
मग शट(अनुहार मात्र आउने तस्बिर) उत्पादनहरू बम्पर स्टिकर(ठूलो टास)को लागि १२ डलर देखि लामो-बाहुला भएको गन्जी (टी-शर्ट)हरूको लागि ३६ डलर सम्म रहेका छन्।
उनले कारागार (जेल)मा तस्बिर खिच्नु अघि, ट्रम्प र उनका सहयोगीहरूले मग शट (अनुहार मात्र देखिने तस्बिर )कस्तो देखिन्छ भनेर केही छलफल गरेका थिए। न्यु जर्सी फर्किनुअघि ट्रम्पले पत्रकारहरूलाई उनले र उनका सह-प्रतिवादीहरूले “केही गल्ती गरेनन्,” यो “अमेरिकाको लागि धेरै दुखको दिन” हो भनि जवाफ दिएका थिए ।
प्रतिक्रिया