बिश्वकै सर्वाधिक छिटो दौडने अमेरीकी धावक नो लायल्सले ३ वटा स्वर्णपदक जिते

इनेप्लिज २०८० भदौ ९ गते २३:३१ मा प्रकाशित

बिश्वकै सर्वाधिक छिटो दौडने अमेरीकी धावक नो लायल्सले ३ वटा स्वर्णपदक जितेका छन् । उनले बुडापेस्ट हंगेरीमा अमेरिकीहरुले सन् २००७ पछि पहिलो पटक शनिबार सम्पन्न बिश्व चार सय (४×१००)मिटरको रिले दौडमा अमेरिकालाई स्वर्ण पदक दिलाउन सफल भएका छन् ।

अत्यन्तै छिटो दौडने र होनहार धावक नो लायल्सले अहिले सम्म १०० ,२०० र ४×१०० मा बाजी मारी सकेका छन् ।

उनी सन् २०१५ मा उसैन बोल्टपछि विश्वमा १००, २०० र ४×१०० जित्ने पहिलो व्यक्ति भएका छन् । उनले अमेरिकाको लागि उक्त दौड ३७.३८ सेकेन्डमा पुरा गरि अमेरिकालाई अग्र पंक्तिमा ल्याउन सफल भएका छन् ।

बोल्टले तीनवटा प्रतियोगिता(च्याम्पियनसिप) २००८, २०१२ र २०१६ ओलम्पिकमा सबै तीन दौड जितेका थिए।

प्रतिक्रिया