सप्तकोसीले नाघ्यो सतर्कता तह, उच्च सतर्कता अपनाउन आग्रह

इनेप्लिज २०८० भदौ ८ गते ६:१८ मा प्रकाशित

सुुनसरी, सप्तकोसी नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार

सप्तकोसी नदीले चतरामा सतर्कता तह ९६ मि. पार गरेको हो। तमोर, सुनकोसी र अरुणमा पनि जलसतह बढ्दो छ।

त्यसैले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुनसक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले आज साँझसम्मै उच्च सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ।

प्रतिक्रिया