उच्चस्तरीय आयोग ‘प्रतिपक्षलाई विश्वासमा लिन बनाइएको रंगिन टालो’: महामन्त्री शर्मा

इनेप्लिज २०८० भदौ ६ गते १३:५९ मा प्रकाशित

काठमाडौ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका छन् ।

बुधबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । साउनमा पक्राउ परेको सुन, भदौमा सहमति गर्ने र असोजमा उच्चस्तरीय छानबिन आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिएर जानका लागि रंगिन टालोको व्यवस्था गरिएको उनले बताए ।

महामन्त्री शर्माले अन्ततः प्रतिपक्ष पनि सिआइबीबाटै अनुसन्धान हुनुपर्छ भन्नेमा सहमत भएको बताए ।

अब हुने अनुसन्धानमा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरालाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने उनले बताए ।

महामन्त्री शर्माले सरकारले सुन तस्करीसहित विभिन्न तस्करीलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्नुपर्ने औँल्याए ।

प्रतिक्रिया