फेरि बढ्यो इन्धनको भाउ, डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ बृद्धि

इनेप्लिज २०८० साउन ३१ गते २:५५ मा प्रकाशित

काठमाडौं, नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ। मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले भाउ बढाएको हो।

डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगमले जनाएको हो।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ पर्छ। डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

प्रतिक्रिया