गत सोमबार राती अर्थात् जुलाई १० ,२०२३ का दिन अमेरिकी पावरबल नामक चिट्ठा कसैलाई नपरे पछि अबको भाग्यशाली बिजेताले अनुमानित ७२५ मिलियन डलर हात पार्ने भएका छन् । तपाई हामी जो पनि भाग्यशाली बिजेता हुन् सक्छौ ।
गत सोमबार कसैले पनि सबै ६ अङ्क पुरै नमिलाए पछि उक्त चिट्ठाको राशी ६५० मिलियन डलरबाट वृद्धि भै ७२५ मिलियन डलर पुगेको छ । आगामी बुधबार राती जुलाई १२ का दिन खुल्ने उक्त चिट्ठाका बिजेताले कर कट्टा गरेर अनुमानित ३६६.२ मिलियन एकमुष्ट नगद मूल्य प्राप्त गर्नेछ ।
सोमबारको विजेता संख्या २, २४, ३४, ५३, ५८ र रातो पावरबल १३ थिए। चिट्ठा व्यवस्थापनका अनुसार क्यालिफोर्निया र आयोवामा बेचेका दुई टिकटहरूका खरिदकर्ताहरुले सबै पाँचवटा सेतो बल(डल्लो)हरूसँग मेल खाएको कारण क्यालिफोर्नियाको टिकटले १ मिलियन(१० लाख डलर) पुरस्कार जितेको छ।
यसै गरि आयोवा टिकटले पावर प्ले खेलेको कारण २ मिलियन अर्थात् २० लाख डलर जितेको छ ।
यसी गरि २८ वटा टिकटहरुले ५० हजार र १२ वटा टिकटहरूले १ लाख डलर पुरस्कार जितेको पावरबलले जनएको छ । एक भाग्यशाली बिजेताले नोभेम्बर ७ मा क्यालिफोर्नियामा २.०४ बिलियन डलरको सबैभन्दा ठूलो पावरबल पुरस्कार जितेका थिए । उनले ढिलो उक्त रकम लिएका थिए भने त्यसमा पनि विवाद परेको थियो ।
प्रतिक्रिया