अधिवक्ता अनुशासन समितिले ट्रम्पका पूर्व वकिल जुलियानीलाई २०२० को चुनावी कानुनी कार्यका लागि बर्खास्त गर्न सिफारिस

इनेप्लिज २०८० असार २३ गते ०:०३ मा प्रकाशित

अधिवक्ता अनुशासन समितिले ट्रम्पका पूर्व वकिल रुडी जुलियानीलाई २०२० को चुनावी कानुनी कार्यका लागि बर्खास्त गर्न सिफारिस गरेको छ ।

समितिले रुडी जुलियानीलाई २०२० को चुनावी नतिजाहरू उल्टाउन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट गरेको प्रयासको लागि वाशिंगटन डिसीमा बर्खास्त गर्न सिफारिस गरेको छ।

कोलम्बिया जिल्लामा कानुनी नैतिकता र वकिल दुर्व्यवहारको मामिलाहरूको मुल्यांकन गर्ने समितिले डिसेम्बरमा जुलियानीको लागि वकिल दुर्व्यवहारको सुनुवाइ पछि शुक्रबार जुलियानीको प्रतिवेदन पेश गर्नुका साथै सिफारिस जारी गरेको छ ।

“उनले चुनावमा ठूलो धाँधली भएको दाबी गरे तर यसको कुनै प्रमाण थिएन,” समितिले उल्लेख गरेको छ । “त्यो विनाशकारी मुद्दा चलाएर अदालतमा शपथ ग्रहण गर्ने अधिकारी जुलियानीले कानून अभ्यास (ल प्राक्टिस )गर्ने आफ्नो अधिकार आफैले गुमाएको भन्दै उनलाई बर्खास्त गर्नुपर्छ ।” बिज्ञप्तिमा भनिएको छ ।

समूहको सिफारिस अन्तिम होइन ,जुलियानी विरुद्धको मुद्दा अझै पनि व्यावसायिक जिम्मेवारीमा डिसीको समिति (बोर्ड )र अपीलको डिसी अदालतद्वारा विचार गरिनु पर्छ भनि सिएनएनले जनाएको छ ।

समितिले विशेष गरी २०२० को चुनाव पछि बेइमानी गरेकोमा जुलियानीको आलोचना गरेको छ । त्यति मात्र हैन उनले पेन्सिलभेनियाको संघीय अदालतमा झूटो दाबी गरेका थिए र त्यहाँ चुनावी धाँधली भएको बताएका थिए ।

दुई अधिवक्ता र सार्वजनिक सदस्य सम्मिलित तीन सदस्यीय समितिले जुलियानीलाई बर्खास्त गर्न सिफारिस गर्न एकमत भएका थिए ।

तस्बिर : सामाजिक संजाल

प्रतिक्रिया