अमेरिकाको युटाहमा ६ महिना परिवारलाई बन्धक बनाउने युवक पक्राउ र उनि माथि २८ वटा मुद्दा

इनेप्लिज २०८२ जेठ ७ गते ११:२२ मा प्रकाशित

मिलक्रिक, युटाह । अमेरिकाको युटाह राज्यमा झुटो कथा बनाएर छ महिना परिवारलाई बन्धक बनाउने एक युवकलाई पक्राउ गरिएको छ ।

२३ वर्षीय डोमिनिक क्रिस्टोफर गार्सिया माथि आफ्नी प्रेमिका र उनको परिवारलाई झुटो अपराधिक गिरोह (कार्टेल) कथा सुनाएर ६ महिनासम्म बन्धक बनाएको आरोपमा २८ वटा आपराधिक मुद्दा दायर गरिएको छ।

प्रहरीका अनुसार, गार्सियाले प्रेमिका र उनको परिवारलाई विश्वस्त पार्दै भने उनी अपराधिक गिरोहसँग सम्बन्धित भएको र उनीहरू सबैको ज्यान जोखिममा छ भनेका थिए । गार्सियाले परिवारलाई डर देखाई घरमै थुने, बन्दुक देखाएर धम्की दिने, कुकुरलाई समेत सम्हालेर कठोर व्यवहार गर्ने गरेको बताइएको छ।

मे १७ तारिखमा एक पीडितले प्रहरीलाई दूरवार्ता (फोन )गरेर गार्सियालाई बन्दुकको डर देखाई नियन्त्रणमा लिएको बताए। गार्सियाले घरमा हतियार बोकेर खेलजस्तो गरेर बन्दुकको गोली भर्ने बन्दुक झिक्ने र परिवारका सदस्यतर्फ ताक्ने गर्थे।

एकजना किशोरीलाई उनले चार हप्ते “बुट क्याम्प” अर्थात् कडा अनुशासनयुक्त प्रशिक्षण शिविर राखे । जहाँ दिनमा पाँचपटक व्यायाम, बरफमा नुहाउने, अनुहार बरफपानीमा डुबाएर “पिटाइको पीडा महसुस नहोस्”भन्ने अभ्यास गराइन्थ्यो। केही नचाहँदा उनलाई जबर्जस्ती पानीमा डुबाउने गरिन्थ्यो।

१७ वर्षीया एक सदस्यले कक्षा छुटाउनु परेको, रातभरि जागा बस्न लगाइएको र परिवारलाई बारम्बार डर देखाइएको बयान दिएकी छन्। प्रहरीसँगको अन्तर्वार्तामा गार्सियाले यो सबै झुटो कथा बनाएको स्वीकारे र आफूले “रोक्न नसकेको” दाबी गरे।

गार्सियामाथि ७ वटा पहिलो श्रेणीको अपहरण, ७ वटा आक्रमण, ७ वटा खतरनाक हतियार प्रयोग सहितको दुर्व्यवहार लगायत २८ मुद्दा लगाइएको छ। उनी हाल बिना धरौटी थुनामा छन्, र थप आरोपहरू लाग्न सक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया