अमेरिकाको लुजियाना झ्यालखानाबाट फरार रहेका चौथो कैदी पक्राउ, अझै ६ जना बेपत्ता ,खोजी तीव्र

इनेप्लिज २०८२ जेठ ७ गते ११:१७ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यको न्यू ओर्लिन्सस्थित झ्यालखानाबाट शुक्रबार राति भागेका सात कैदीमध्ये चौथो फरार ग्यारी सी. प्राइस (२१) लाई लुजियाना राज्य प्रहरी ले पक्राउ गरेको छ। एफबीआई न्यू ओर्लिन्सले एक्स (X) मा प्रकाशित गर्दै प्राइस पक्राउ परेको पुष्टि गरेको हो।

एफबीआईले बाँकी छ जना भगौडाको खोजी अझै जारी रहेको जनाएको छ । पक्राउ परेका प्राइसमाथि पहिलो श्रेणीको हत्या प्रयास (७ वटा मुद्दा), दोस्रो श्रेणीको कुटपिट, हातहतियारसहित आक्रमण, हथियारसहित बन्धक बनाउने, घरेलु हिंसा, सरल आक्रमण, अपराधजन्य सम्पत्ति क्षति, र अधिकारीको अवज्ञा लगायत गम्भीर अभियोगहरू छन्। उनीलाई अब एक सुरक्षित राज्य सुविधा केन्द्रमा स्थानान्तरण गरिनेछ।

एफबीआईले भगौडा कैदीहरूको सूचना दिने व्यक्तिलाई ५,००० डलरसम्मको इनाम घोषणा गरेको छ।

भाग्न सफल अन्य कैदीहरूमा क्रमस जर्मेन डोनाल्ड (४२ बर्ष ),एन्टोइन मासी (३३ बर्ष ) ,लियो टेट (३१ बर्ष ),लेन्टन भानब्युरेन (२७ बर्ष ) ,डेरिक ग्रोभ्स (२७ बर्ष ) र कोरी बोयड (१९ बर्ष )का रहेका छन् ।

यसअघि, २० बर्षिय केन्डल माइल्सलाई फ्रेन्च क्वार्टर क्षेत्रबाट पैदल खेदाइपछि समातिएको थियो। उनी पहिले पनि दुईपटक सुधारगृहबाट भागेका थिए। रबर्ट मूडी (२१)लाई पनि समातिएका छ भने डकेनन डेनिसलाई नजिक फेला पारिएको थियो ।

ओर्लिन्स पेरिशकी शेरिफ सुसन हट्सनका अनुसार कैदीहरू कुनै सहयोगबिना कारागारबाट भाग्न सम्भव थिएन भन्ने आशंका बढ्दै गएको छ।

२०० भन्दा बढी स्थानीय, राज्य र संघीय अधिकारीहरू अहिले पनि २४ सै घण्टा भगौडा कैदीहरूको खोजीमा खटिएका छन्।

प्रतिक्रिया