मनासस, भर्जिनिया | मे १८, २०२५ — नेपाली अमेरिकी सामुदायिक केन्द्र (NACC), Manassas, VA मा आज NACC जूनियर कार्यक्रम अन्तर्गत दुई विशेष बाल कार्यक्रमहरू भव्यताका साथ सम्पन्न भएका छन्।
१. टिम बिल्डिङ (Team Building) प्रतियोगिता: केजी देखि कक्षा २ सम्म
यो कार्यक्रम बालबालिकाको सहकार्य, सिर्जनशीलता र संचार क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। कार्यक्रमका होस्टहरू थिए निरझर डाँगी र रितेश फुयाल, जसलाई मुना भट्ट भुसालले प्रशिक्षकको रूपमा मार्गदर्शन गर्नुभएको थियो।
विजेता टिमहरू यस प्रकार छन्:
• पहिलो स्थान: सम्पन्न अधिकारी, गीता गुप्ता, प्रशान राउत
• दोश्रो स्थान: सम्पदा गुप्ता, कविता लयालु, सुहाना केसी
• तेश्रो स्थान: साशा पोखरेल, इभाना, घिमिरे
२. स्पेलिङ बी (Spelling Bee) प्रतियोगिता: कक्षा ३ देखि ५ सम्म
शब्दज्ञान र उच्चारण क्षमतालाई अभिवृद्धि गर्ने लक्ष्यसहितको यो प्रतियोगिता अर्विन अधिकारी र दिलाशा मिश्राले सञ्चालन गर्नुभएको थियो। प्रशिक्षकका रूपमा सबिना पौडेल र अग्रणी शाहीले बालबालिकालाई तयारी गराउनु भएको थियो।
स्पेलिङ बी का विजेताहरू:
• पहिलो स्थान: हितेश केसी
• दोश्रो स्थान: सफल भट्टराई
• तेश्रो स्थान: सम्यक लयालु
दुबै कार्यक्रमहरूमा सहभागी बालबालिकाको आत्मविश्वास, सहभागिता र प्रस्तुतिले उपस्थित अभिभावक, आयोजक र स्वयंसेवकहरूलाई प्रभावित बनाएको थियो।
NACC का प्रतिनिधिहरूले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई अझ व्यापक बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया