लायन्स र किवानिज क्लबद्वारा खाद्यान्न सामाग्री वितरण 

इनेप्लिज २०८० असार १४ गते १०:५० मा प्रकाशित

लायन्स तथा लियाे क्लब काठमाडाैं चाबहिल सिटी, लायन्स क्लब काठमाडाैं कैलाश, लायन्स क्लब काठमाडाैं डाईमण्ड, लायन्स क्लब अफ नेपाल ईकाे फ्रेण्ड्ली, लायन्स/ किवानिज क्लब काठमाडाैं फेल्वाेशिप, किवानिज क्लब अफ युनिटी नेपाल सहित छ वटा क्लबकाे संयुक्त आयाेजनामा ‘सफलता एच.आई.भी. शिक्षा सदन’ भत्केपाटी, कीर्तिपुरका एच आई भी संक्रमित बालबालिका लागि खाद्यान्न सामाग्रीहरु उक्त सदनका संस्थापक अध्यक्ष राजकुमार पुनलाई हस्तान्तरण गर्यो ।

सन् २०११ देखि सञ्चालनमा आएको यस शिक्षासदनमा हाल २७ जना विद्यार्थी हरूरहेको सदनका संस्थापक अध्यक्ष पुनले बताउनु भयो । स्कुल सञ्चालन गर्न निकै कठिन भएको र आगामी दिनमा पनि सहयोगका लागि अपेक्षा गर्नुका साथै अन्य सहयोगी मनहरू सम्म जानकारी गराईदिन आग्रहका साथ कृतज्ञता व्यक्त गर्नुभएको छ ।

चाबहिल सिटीका अध्यक्ष लायन प्रद्युम्न पाेखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा सदन सञ्चालन गरी वालबालिकाको भविष्य बनाउन महत्वपूर्ण भूमिका निभाउनु भएकोमा, अध्यक्ष पुनलाई धन्यबाद दिदैं सिटी क्लबका निर्वाचित अध्यक्ष जिम्बा जाङ्बु शेर्पाले भोलिका दिनमा पनि सहयोग गर्ने वताउनु भयो । किवानिज क्लव साउथ डिभीजन ३ का ले. गभर्नर राजन न्याैपाने, जिएमटी काेडिनेटर कृष्णज्याेति शाक्य, किवानिज क्लब युनिटी नेपालका संस्थापक अध्यक्ष नीता पाेखरेलले मन्तव्य राख्नु भयाे ।

बालबालिकाहरुको लागि खाद्यान्न चामल, दाल, ग्यास, तरकारी फलफूल आदि सामानहरु उपलव्ध गराएको कार्यक्रमका संयाेजक प्रद्युम्न जाेशीले बताउनु भयाे ।

कार्यक्रममा सिटी क्लवका पूर्व अध्यक्षहरु लायन विन्दु प्रसाद अर्याल, र लायन सनत मानन्धर, किवानिज क्लब युनिटी नेपालका अध्यक्ष सुमन वर्षा, उपाध्यक्ष मन्दिरा अधिकारी, सिटीका सचिव लायन देवी पन्त, काेषाध्यक्ष लायन एकेन्द्रराज चालिसे, लायन राजवहादुर श्रेष्ठ, लायन पुर्णकुमार मानन्धर , लायन सम्झना अधिकारी, लायन लायन सावित्री चालिसे, लायन मुना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया