क्यानडामा प्रकाश सपुतको कार्यक्रम हुने भएको छ । आगामी जुलाई १५ का दिन नेपालको प्रदेश न १ रक्त संचार मोबाइल बस(गाडी)को लागि च्यारिटी कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रमको आयोजना बउल एण्ड स्नाक्स तथा एनआरएनए क्यानडाको सयुक्त आयोजनामा हुने लागेको हो ।
च्यारिटी कार्यक्रमको लागि यो क्यानडामा पहिलो कार्यक्रम हो । प्रकाश सपुतको साथै विभिन्न स्थानीय कलाकारहरुको समेत प्रस्तुत हुनेछ । बउल एण्ड स्नाक्सकी संचालिका रश्मि श्रेष्ठले सबैलाई कार्यक्रममा सहयोग र उपस्थितिको लागि आह्वान गरेकी छिन ।
कार्यक्रम टोरोन्टोमा हुनेछ । बिस्तृत जानकारी लिन रश्मि श्रेष्ठ ,सुमन अधिकारी,याम खत्री ,दिपक गौतमलाई सम्पर्क गर्न सकिने छ । टिकट दर बिधुतिय प्रणालीमा खरिद गर्दा ३० डलर तथा ढोकामा खरिद गर्दा ४० डलर पर्नेछ । १२ बर्ष भन्दा मुनिका बालबालिकालाई निशुल्क प्रवेस राखिएको छ । क्यानडामा प्रकाश सपुतको सांगीतिक यात्रा कार्यक्रम मिम नेपालले गर्नेछ ।
प्रतिक्रिया