यहि २०२३ जुन महिनाको २२, २३, २४ र २५ सम्म आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण उद्घाटन समारोह तथा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ चलचित्र प्रदर्शन निम्न स्थान,मिति र समयमा आयोजना हुने भएकोले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
यस महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तान लगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्रहरू प्रदर्शन हुनेछन्। वासिङ्टन डिसी महानगर क्षेत्र आधारित महोत्सवको उद्घाटन र ‘पासाङ्ग’ फिल्म प्रदर्शन तथा समापन मेरिल्याण्डस्थित ‘एएफआई सिल्भर थियटर’मा हुने र चलिचत्रहरू चाहिँ एएफआई तथा ‘ओल्ड ग्रिनवेल्ट थिएटर’मा हुनेछ।
उद्घाटन समारोह र रेड कार्पेट
कहिले: Thursday June 22, 2023
समय: 6 :00 – 9 :00 PM
कहाँ : AFI Silver Theatre
8633 Colesville Rd,
Silver Spring, MD 20910
थप जानकारीको लागि हाम्रो वेबसाइट:
पूर्णसिंह बराइली युवाकार राजकर्णिकार
संस्थापक/अध्यक्ष महोत्सव निर्देशक301-312-0024 703-342-7890
प्रतिक्रिया