अमेरिकाको ओहायोमा बुवाले गोली हानी ३ छोराहरुको हत्या ,आमा घाइते

इनेप्लिज २०८० असार १ गते ११:४५ मा प्रकाशित

अमेरिकाको ओहायोमा बुवाले गोली हानेर ३ जना छोराहरुको हत्या गरेका छन् । उक्त गोली काण्डमा बच्चाहरुका आमा समेत घाइते भएकोप एबिसी समाचारले जनाएको छ।

ती दाजुभाईहरु ७, ४ र ३ वर्षका मात्रै थिए ।

ओहायोको एक घरमा आफ्नै बुबाले गोली हानेर ३ जना छोराहरुको हत्या गरेको र उनकी आमा घाइते भएको प्रहरीले बताए ।

गत बिहिबार दिउसो करीव ४:१५ हत्या भएको हो । बिहीबार अधिकारीहरूलाई क्लर्मन्ट काउन्टी संचार केन्द्रलाई एक अज्ञात महिलाले खबर गरेकी थिइन् ।

सिनसिनाटीको लगभग २६ माईल दक्षिणपूर्वमा गोली हान्ने एक वयस्क ३२ बर्षिय चाड डोरम्यानलाई हिरासतमा लिइएको छ । अधिकारीहरूले तुरुन्तै पीडितहरूमा जीवन बचाउने उपायहरू सुरु गरेका थिए । मोनरो अग्नि नियन्त्रक टोली र आकस्मिक स्वास्थ्य सेवाका अधिकारीहरू केही मिनेट पछि घटनास्थलमा आइपुगेका थिए ।

“जीवन बचाउने सबै उपायहरू असफल भए र तीनैजना बन्दुकको गोली लागेर घाइते भएकाहरूको घटनास्थलमै मृत्यु भयो,” प्रहरीले भने।

प्रतिक्रिया