अमेरिकाको भर्जिनिया फेयरफ्याक्स विद्यालय नजिकै बालिकालाई अपहरण गर्ने प्रयास गरेको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

इनेप्लिज २०८२ जेठ ५ गते १४:५७ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा एक विद्यालय नजिकै एक बालिकालाई दुर्व्यवहार र अपहरण गर्ने प्रयास गरेको आरोपमा एक वृद्ध व्यक्ति कारागार चलान भएका छन्।

प्रहरीका अनुसार, ८० वर्षीय एक व्यक्तिलाई बिना धरौटी जेलमा राखिएको छ। ती व्यक्तिले फेयरफ्याक्स काउन्टीको एक विद्यालय नजिकै एक बालिकालाई अनुचित तरिकाले छोएको र अपहरण गर्ने प्रयास गरेको आरोप छ।

प्रहरीले जनाए अनुसार, सोमबार बिहान ८:४० बजे १३३०० भवन समूहको हंगरफोर्ड प्लेस(*मार्ग)मा एक बालिकाले एक संदिग्धले आफूलाई सम्पर्क गरेको सूचना गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो। अनुसन्धानकर्ताहरूले संदिग्धको पहिचान गरि उनि रामोन हेरेरा भएको बताएका छन् ।

अधिकारीहरूका अनुसार, हेरेराले हचिन्सन प्राथमिक बिद्यालय (एलिमेन्टरी स्कूल )नजिकै हिंडिरहेकी बालिकालाई समातेर अनुचित तरिकाले छोएका थिए। बालिका भाग्न सफल भइन् र हेरेरा घटनास्थलबाट भागेका थिए।

हेरेरालाई अपहरण र यौन दुर्व्यवहारको मनसायसहित धेरै अपराधमा मुद्दा चलाइएको छ। उनी बिना धरौटी हिरासतमा छन्। प्रहरीले पीडितको सही उमेर खुलाएको छैन तर उनी १३ वर्षभन्दा कम उमेरकी रहेको पुष्टि गरेको छ।

छिमेकीहरूले यस घटनाप्रति चिन्ता व्यक्त गरेका छन् र यस क्षेत्रमा धेरै बालबालिकाहरू विद्यालय हिंडेर जाने भएकाले यो डरलाग्दो भएको बताएका छन्।
घटनाको अनुसन्धान जारी छ र अधिकारीहरूले बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेका छन्।

प्रतिक्रिया