प्रबासी मन्च अमेरिकामा शंकर, राजन र सुजिता

इनेप्लिज २०८० जेठ ३२ गते २:५९ मा प्रकाशित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाको वार्षिक साधारण सभा केन्टकी राज्यको लेक्सिन्टन सिटीमा सम्पन्न हुन लागेकोछ ।

मञ्चको तेस्रो अधिवेशन भएको एक वर्षपछि यही जून १७ तारिख शनिबार हुने यस केन्द्रीय भेलालाई सम्बोधन गर्न प्रमुख अतिथि नेकपा एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शङ्कर पोखरेल महिला नेतृ सुजिता शाक्य र विशेष अतिथि नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई भोलि (जून १५) बिहीबार नै केन्टकी आईपुग्ने आज आयोजित प्रेस भेटघाटमा जनाईएको छ ।

कार्यक्रममा अमेरिकाको विभिन्न राज्यमा बसोवास गर्ने प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी, उत्तर अमेरिका क्षेत्रीय कमिटी, राष्ट्रिय कमिटी, तथा राज्य कमिटीका पदाधिकारी, सदस्य र विभागीय जिम्मेवारीमा रहेका करिब २०० भन्दा बढी जिम्मेवार साथीहरूको उपस्थिति रहने बताईएको छ।

कार्यक्रममा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले शुभकामना दिनुका साथै विभिन्न विषयविज्ञहरूले सम्बन्धित विषयमा आ-आफ्ना धारणा लिखित प्रस्तुति सहित राख्ने कार्यक्रम छ: जसअन्तर्गत १. बहुध्रुवीय विश्वमा असंलग्नता: अवसर र चुनौति (डा. दिनेश पौडेल), २. हिमालय क्षेत्रमा जलवायु परिवर्तन र नेपालमा यसको वातावरणीय प्रभाव, (डा. रूद्र अर्याल) ३. समावेशी समृध्दि र दिगो विकास: नेपालको सर्वाङ्गीण विकासको बाटो (डा. सतीश देवकोटा), ४. राष्ट्रिय हितको कसीमा गैर-आवासीय नागरिकता (डा. कृष्ण ढकाल र छबि पाण्डेले प्रस्तुत गर्नु हुने बताईएको छ ।

यसका अलवा, नेपालको समसामयिक राजनीतिक परिस्थिति; ज्ञान,सीप, प्रविधि र लगानी नेपालभित्र भित्र्याउन ओएनएफ, एनआरएन लगायतका महत्वपूर्ण संस्थाहरूले खेल्नुपर्ने भूमिकाका बारेमा विगतको समीक्षा गर्दै भावी कार्यदिशा र कार्ययोजना तय गरिने कुरा पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
पत्रकारहरुका प्रश्नको जवाफ ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले दिनु भएको थियो ।

प्रतिक्रिया