युक्रेनको क्रिभिई रिहमा रातभरी भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १० जनाको मृत्यु ,२८ जना घाइते

इनेप्लिज २०८० जेठ ३० गते ११:२९ मा प्रकाशित

मध्य युक्रेनी शहर क्रिभिईमा रातभरी रुसी आक्रमणमा कम्तिमा १० व्यक्तिको मृत्यु हुनुको साथै २८ जना घाइते भएका शहरका अधिकारीहरूले बताएका छन्।

उद्धारकर्मीहरूले अझै पनि क्षेप्यास्त्रले प्रहार गरेको आवासीय भवनको भग्नावशेषमुनि फसेका एक व्यक्तिहरुलाई भेट्ने प्रयास गरिरहेका छन्।

यसअघि अधिकारीहरूले आगलागी भएको पाँच तले आवासगृह (अपार्टमेन्ट) भवन र आक्रमणमा परेको गोदाममा उद्धार कार्य भइरहेको बताएका थिए।

पीडितहरुको सम्झनामा बुधबार एक दिन शोक मनाउने घोषणा गरिएको छ । युक्रेनी सेनाले हालैका दिनहरूमा केही कब्जा गरिएका क्षेत्रहरु लिएको छ ।

युक्रेनले शनिबार नदीको छेउमा धेरै साना गाउँहरू कब्जा गरेको छ । आइतवार, युक्रेनका उप रक्षा मन्त्री हन्ना मलियारले दिएको जानकारी अनुसार यस क्षेत्रमा कीभको प्रगति ५ देखि १० किलोमिटर (३ देखि ६ माइल) को बीचमा रहेको छ।

युक्रेनी वायु प्रतिरक्षाले रुसले रातभरि घातक हमलामा प्रहार गरेका १४ मध्ये १० पोतबिहार (क्रुज )क्षेप्यास्त्रलाई खसालेको युक्रेनको सशस्त्र बलका प्रतिनिधिले मंगलबार बताएका छन् ।

वायु रक्षाले रुसले प्रक्षेपण गरेको चार इरानमा निर्मित शाहेद मानवरहित युद्धयानमध्ये एउटालाई रोकेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया