आम नागरिकलाई चनाखो बनाइराख्नु पत्रकारिताको मूल धर्म हो: सञ्चार मन्त्री डा रिजाल

इनेप्लिज २०७२ साउन ३१ गते १५:०२ मा प्रकाशित

minendra-riajal-300x200पोखरा, ३१ साउन । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आम नागरिकलाई सदैव चनाखो बनाइराख्नु पत्रकारिताको मूल धर्म भएको बताउनुुभएको छ ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ र नेपाल प्रेस युनियनको संयुक्त आयोजनामा सञ्चालित दुईदिने नेपाल डिजिटल क्याम्पिङसिप तालिमको आज यहाँ भएको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै उहाँले सकारात्मक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुसँग आग्रह गर्नुभयो ।

लोकतान्त्रिक संस्कारमा हुर्केका नेपाली काँग्रेसका कार्यकर्ताले कहिल्यै पनि सत्ताको दुरुपयोग गर्न नहुनेमा जोड दिँदै सञ्चार मन्त्री डा रिजालले प्रजातन्त्रमा आस्था राख्ने जोसुकैले पनि आवेशमा गलत निर्णय गर्न हँुदैन भन्नुभयो ।

राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य एवम् नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुलीले मुलुकमा विभिन्न राजनीतिक दल र धार्मिक सङ्घसंस्थाले आन्दोलनका नाममा अहिले असहज स्थिति सिर्जना गरे पनि यथाशीघ्र नयाँ संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका दक्षिण एसिया संयोजक उज्ज्वल आचार्य, प्रेस युनियका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, युनियनका गण्डकी अञ्चलका अध्यक्ष टङ्क अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रुद्र भट्ट र सहभागीकातर्पmबाट विमला भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा प्रेस युनियनमा आवद्ध २० जना पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया