अमेरिकाको पूर्वी टेनेसीमा एक घर भित्र प्रहरी र एक व्यक्ति बीच बन्दूक हानाहान उक्त व्यक्ति मृत्यु भएको छ । उक्त गोली हानाहानमा ह्याङ्क नामको के-९ नामक प्रहरी कुकुर पनि घाइते भएको अधिकारीहरूले शनिबार बताए।
टेनेसी ब्यूरो अफ इन्भेस्टिगेशन(टेनेसी अनुसन्धान बिभाग) ले घरभित्र मृत फेला परेका ६३ वर्षीय डेभिड राइटलाई प्रहरीले गोली हानेर मारेको हो वा होइन भनेर बताएको छैन। बिभागले शव परीक्षण (ब्यूरोले पोस्टमार्टम)बाट मृत्युको कारण र तरिका पत्ता लगाउने बताएको छ।
घरको दोस्रो व्यक्तिलाई समेत चोटपटक लागेकोले अस्पतालमा भर्ना गरिएको छ भने विभागले जारी गरेको विज्ञप्तिमा घाइतेको परिचय खुलाएको छैन ।
अधिकारीहरू गत शुक्रबार राति सेभियरभिलको घरमा गएका थिए । घर भित्र रहेका कसैले प्रहरीलाई गोली हानेका थिए भने प्रहरीले जवाफमा गोली हानेका थिए। विभागले गोली प्रहारको अनुसन्धान गरिरहेको छ ।
सेभियरभिल शहरका प्रवक्ता बब स्टाल्केले के- ९ नामक प्रहरी कुकुर अधिकारीको बन्दुकको गोली लागि शल्यक्रिया गरिएको र नक्सभिलको पशु चिकित्सा उपचारकक्षमा सारिएको बताए।
दुई शेरिफका सहायकहरू र एक शहरका अधिकारीलाई सामान्य चोटपटक लागेकोले उपचार गरिएको थियो जुन बन्दुकको कारणले नभएको बिभागले जनाएको छ ।
सेभियरभिल ग्रेट स्मोकी माउन्टेन्स राष्ट्रिय निकुञ्जको उत्तरमा र नक्सभिलबाट लगभग आधा घण्टाको दुरीमा रहेको छ भनि एबिसी समाचारले जनाएको छ ।
.
प्रतिक्रिया