अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा १२ हप्ता पछि गर्भपतनमा प्रतिबन्ध,गभर्नरद्वारा निषेधाधिकार (भिटो)गर्ने वाचा

इनेप्लिज २०८० वैशाख २१ गते २३:३२ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा १२ हप्ता पछि गर्भपतनमा प्रतिबन्ध लगाईएको छ । नर्थ क्यारोलाइनाले सम्भावित निषेधाधिकार अभेद्य (भिटो-प्रूफ )गर्भपतन प्रतिबन्धलाई गभर्नरको अगाडी बढाउने भएका छन् ।

उक्त राज्यमा रिपब्लिकन-नियन्त्रित राज्य सिनेटले बिहीबार कानून पारित गरेको छ जसमा १२ हप्ता पछि धेरैजसो गर्भपतनमा प्रतिबन्ध लगाउने भएको छ ।

तर उक्त राज्यमा डेमोक्र्याटिकका गभर्नर रोय कूपरले बिधेयक (बिल)लाई निषेधाधिकार (भिटो)गर्ने वाचा गरेका छन । तर तल्लो सदन विधायिकामा रिपब्लिकनको बहुमतले यसलाई बदर (ओभरराइड )गर्न सक्छ भनि सिएनएनले जनाएको छ ।

यस हप्ता विधायिका मार्फत गति लिएको यो बिधेयकलाई ४८ घण्टा भन्दा कम समयमा दलको आदेशबाट दुवै सदनलाई पार गर्दै मंगलबार राति संसदमा पेश भएको विधेयक बुधबार बिधायिकाले अगाडि बढाएको थियो ।

कूपरले बुधबार सामाजिक संजाल ट्विटरमा एक विज्ञप्ति जारी गर्दै उनले “यो चरम प्रतिबन्ध” लाई निषेधाधिकार (भिटो) गर्ने बताएका छन्।

प्रतिक्रिया