रुसका लागि अमेरिकी राजदूत लिन ट्रेसीले बिहीबार पाउल व्हेलनलाई भेटेको सिएनएनले जनाएको छ ।
मस्कोमा पदभार ग्रहण गरेपछि गलत रूपमा हिरासतमा परेका अमेरिकीलाई उनको पहिलो भ्रमममा भेट गरेकी हुन ।
“पाउललाई रूसमा ४ वर्ष भन्दा बढी समयदेखि गलत तरिकाले हिरासतमा राखिएको छ, र उनको रिहाई पूर्ण प्राथमिकतामा रहेको छ,” दुतावासले लेखेको छ ।
पाउल व्हेलनलाई डिसेम्बर २०१८ मा रूसमा हिरासतमा राखिएको थियो र पछि जासुसी आरोपमा १६ वर्षको कारागार सजाय सुनाइएको थियो ।
प्रतिक्रिया