टेक्ससमा छिमेकमा ९ वर्षीय बालक सहित पाँच जनालाई गोली हानी हत्या गर्ने संदिग्ध पक्राउ

इनेप्लिज २०८० वैशाख २० गते १०:४३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा आफ्नो छिमेकमा ९ वर्षीय बालक सहित पाँच जनालाई गोली हानी हत्या गर्ने संदिग्धलाई पक्राउ गरिएको छ । प्रहरी अधिकारीहरुका अनुसार संदिग्ध अपराध स्थलबाट केही माईल टाढा एउटा कोठामा लुकेको अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन्।

३८ बर्षिय फ्रान्सिस्को ओरोपेसालाई मंगलबार साँझ एक कसैले सूचना दिएको आधारमा उनि बसेको ठेगानामा पुर्‍याउन मद्दत गरे पछि उनलाई पक्राउ गरिएको अधिकारीहरूले घोषणा गरे।

सान जेकिन्टो काउन्टी शेरिफ ग्रेग क्यापर्सले जानकारी दिदै अन्ततः टेक्ससको क्लिभल्याण्डमा आक्रमण भएको निवासबाट केही माइल टाढाको घरको क्लोजेट (कोठरी)मा लुगा धुने थुप्रोमुनि भेटिएको बताए ।

एफबीआई ह्युस्टन कार्यालयले सामाजिक संजाल ट्वीट मार्फत छिमेकी शहर कोनरोमा फेला परेको जनाएको छ । एबिसी समाचारले उनलाई ४ पटक देश निकाला गरिएता पनि उनि पछिल्लो पटक पटक गैर कानुनी रुपमा अमेरिका प्रवेश गरेको जनाएको थियो ।

उनको सूचना दिनेलाई ८० हजार डलर पुरस्कार तोकिएको थियो । फ्रान्सिस्को ओरोपेस मेक्सिकोका नागरिक हुन् । अध्यागमन न्यायाधीशले उनलाई देश निकाला आदेश दिएपछि ३८ वर्षीय ओरोपेसालाई मार्च १७, २००९ मा देश निकाला गरिएको थियो । त्यस पछि उनि गैरकानूनी रूपमा अमेरिका आए र त्यसपछि सेप्टेम्बर २००९ , जनवरी २०१२ र जुलाई २०१६ मा उनलाई अध्यागमन र भन्सार प्रवर्तनद्वारा गिरफ्तार गरियो र देश निकाला गरिएको एबिसी समाचारले उल्लेख गरेको छ ।

ओरोपेसालाई जनवरी २०१२ मा टेक्ससको मोन्टगोमेरी काउन्टीमा पनि मादक पदार्थ सेवन गरी गाडी चलाएको र कारागारमा समय बिताएकोमा दोषी ठहर गरिएको थियो ।

.

प्रतिक्रिया