मिसिसिपीको प्रहरी विभागले जारी गरेको समाचार अनुसार आइतवार बिहान दुई किशोरको मृत्यु र अन्य चार जनालाई घाइते बनाएकोले एक १९ वर्षीय युवकलाई पक्राउ गरी अभियोग लगाइएको छ।
क्यामरुन ब्रान्डलाई सुरुमा एकमात्र संदिग्ध बन्दुकधारीको रूपमा पहिचान गरेपछि अझ आक्रमणका थप ६ वटा आरोपमा गिरफ्तार गरिएको सिएनएनले जनाएको छ ।
विश्वविधालयका १६ र १८ वर्षका दुईजना पीडितको मृत्यु भएपछि आरोपहरूलाई हत्या समेतको आरोप लगाईएको छ ।
बे सेन्ट लुइस प्रहरीलेमआइतबार बिहान १२ः३४ बजे गोलाबारी भएको खवर प्राप्त गरेका थिए ।
प्रहरीले एक समाचार विज्ञप्तिमा जनाए अनुसार न्यू अर्लिन्सको लगभग ६० माईल उत्तरपूर्व ओल्ड ब्लू मीडो सडकमा रहेको घरमा आइपुगेपछि धेरै बन्दुकको गोली प्रहार भएको प्रहरीले फेला पारेका थिए ।
प्रतिक्रिया