बोक्छन् अपराध र अपराधीहरूका सरदारलाई
बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू
काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,
एक पटक मात्र कहाँं हो र, पटक पटक
जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको
हेग पुर्याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई
तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर
एक पटक मात्र होइन होइन पटक पटक
मरिरहेका छन् बिपी, गणेशमान र किशुनजीका अनुयायीहरू
पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा
अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा
यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !
बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई
पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू
काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,
एक पटक मात्र कहाँं हो र, पटक पटक
जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको
हेग पुर्याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई
तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर
एक पटक मात्र होइन होइन पटक पटक
मरिरहेका छन् पुष्पलाल, मनमोहन, मदन, आश्रितका अनुयायीहरू
पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा
अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा
यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !
बोक्छन् अपराध र अपराधीहरूका सरदार लाई
हिन्दु धर्म, राजा देखी वैकल्पिक शक्ति हौँ भन्ने अनुयायीहरू
काँध कुहिन्जेल, डुङ् डुङी गनाउन्जेल,
एक पटक मात्र कहाँं हो र, पटक पटक
जान्छन् शती उनैको, मान्छन् जे जे भन्छन् उनैको
हेग पुर्याउनु पर्ने र झुन्ड्याउनु पर्ने थियो उनलाई
तर झुन्ड्याइरहेका छन् उनैले नेपालमै हेग बनाएर
एक पटक मात्र होइन होइन पटक पटक
मरिरहेका छन् राजा, राजसंस्था, हिन्दु अनुयायीहरू
पहिला घाँटी रेटिएर, सरदारकै ठाडो आदेशमा
अहिले दिमाग मेटिएर, सरदारकै ठाडो आदेशमा
यस्तै छ यहाँको चलन, को बुझ्छ जनताको आत्मदाह को जलन !
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया