शिकागोको एक उपनगरमा गाडीभित्र रहेको २ बर्षिय बालक सहित गाडी अपहरण, प्रहरीद्वारा व्यापक खोज पछि बालक सुरक्षित फेला

इनेप्लिज २०७९ फागुन १२ गते १५:२८ मा प्रकाशित

शिकागोको एक उपनगरमा गाडीभित्र रहेको २ बर्षिय बालक सहित गाडी अपहरण भए पछि प्रहरीले व्यापक खोज पछि बालक सुरक्षित फेला परेका छन ।

गत बिहीबार एक महिलालाई आक्रमण गरि गाडी भित्र रह्को बालकलाई लिएर हिडे पछि आमालाई गम्भिर चोट लागेकोले अस्पताल भर्ना गरिएको प्रहरीले बताएका छन ।

ती महिला बिहीबार दिउँसो आफ्ना दुई छोराछोरी लिएर लिबर्टीभिलबाट घर फर्केकी थिइन् र एउटा बच्चालाई भित्र लिएर गएकी थिइन् । त्यहीबेला एक मानिस गाडी चढ्यो र एकजना मानिसले बाहिर निस्केर महिलालाई कुटपिट गरेर केही समय गाडी लिएर बेपत्ता भएका थिए ।

गाडी केही समयपछि फेला पारिएको शेरिफको कार्यालयले जनाएको छ।

प्रतिक्रिया