भूकम्प गएको १३ दिनपछि टर्कीको हाते प्रान्तमा तीन जनाको उद्धार ,बेलायतमा खेल्ने प्रसिद्ध घानाका भकुण्डो खेलाडी अत्सुको मृत्यु

इनेप्लिज २०७९ फागुन ६ गते १३:३७ मा प्रकाशित

भूकम्प गएको १३ दिनपछि टर्कीको हाते प्रान्तमा तीन जनाको उद्धार ,बेलायतमा खेल्ने प्रसिद्ध घानाका भकुण्डो खेलाडी अत्सुको मृत्यु

टर्कीका उद्धारकर्ताहरूले ठूलो भूकम्पले हजारौंको ज्यान लिएको १३ दिनपछि भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै निकालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाते प्रान्तको राजधानी अन्टाक्यास्थित कनाटली आवासगृहमा पुरिएका पुरुष, महिला र बालकलाई २९६ घण्टापछि उनीहरुलाई उद्धार गरिएको छ । यसैगरी बेलायतमा खेल्ने प्रसिद्ध घानाका भकुण्डो खेलाडी क्रिस्चियन अत्सुको मृत्यु भएको छ ।

बेलायती भकुण्डो टोली न्युक्यासल युनाइटेड र एभर्टनले टर्कीमा भूकम्पको भग्नावशेषमुनि भेटिएका घानाका ३१ वर्षीय फुटबलर क्रिस्चियन अत्सुलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

“क्रिस्चियन अत्सुको मृत फेला परेको आजको समाचारले हामी गहिरो दुःखी छौं,” एभर्टनले एक विज्ञप्ति मार्फत समवेदना जारी गरेको छ । उनको टर्की क्लब हताइस्पोरले अत्सुको अन्त्येष्टि घानामा गरिने बताएको छ । “एक प्रतिभाशाली खेलाडी र एक विशेष व्यक्ति,” भन्दै न्यूक्यासलले ट्विटरमा प्रकाशन गरेको छ

अत्सु भूकम्प हुनुभन्दा केही घण्टा अगाडि दक्षिणी टर्कीबाट उड्ने कार्यक्रम तय गरिएको थियो। अत्सु गत वर्ष सेप्टेम्बरमा बेलायती प्रतियोगिता (इङ्लिस प्रिमियर लिग क्लब) एभर्टन, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेलेपछि हताइस्पोरमा आबद्ध भएका थिए।

“हामी तिमीलाई बिर्सने छैनौं, अत्सु। तिमीलाई शान्ति होस्, ! हाम्रो दु: खलाई ब्याख्यागर्न कुनै शब्दहरू छैनन्,” हताइस्पोरले ट्विटरमा उल्लेख गरेको छ ।

प्रतिक्रिया