टेक्ससको एल पासो बिशाल बजारमा गोली चल्दा १ जनाको मृत्यु, ३ जना घाइते

इनेप्लिज २०७९ फागुन ४ गते ११:५७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको एल पासोको एउटा बिशाल बजार (मल)मा बुधबार साँझ भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ र तीन जना घाइते भएका छन ।

प्रहरीका अनुसार ३ वर्षअघि छेउ मै गोली काण्ड भएको बताए । सिइलो भिस्टा मल नामक बिशाल बजार भित्र गोली लागेपछि दुई जना पुरुषलाई हिरासतमा लिइएको छ ।

अन्तरिम एल पासोका प्रहरी प्रमुख पिटर प्यासिलासले बुधबार राति प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेको बताए । आक्रमणको कारण बारे उनले टिप्पणी गरेनन भनि सिएनएनले जनाएको छ ।

“यो अराजक थियो। मानिसहरू भागे। तिनीहरू डराए, “प्रहरी रोबर्ट गोमेजले भने।

बिशाल बजारको एक मध्यशाला (बार)बाट निगरानी अङ्किय दृश्य (भिडियो)ले एक दर्जन भन्दा बढी मानिसहरूलाई बन्दुकको आवाजबाट टाढा भागेको देखाएको छ ।

गोली लागेका चारै जना पुरुष थिए । घाइते मध्ये दुई जनालाई एल पासोको युनिभर्सिटी मेडिकल सेन्टर( चिकित्सा केन्द्र) मा गम्भीर अवस्थामा लागिएको छ ।तेस्रो घाइते व्यक्तिलाई पनि अस्पतालमा भर्ना गरिएको तर उनीहरूको अवस्था अज्ञात रहेको उनले बताए ।

प्रतिक्रिया