तिम्रोबारेमा मन बाट सोचेर …………….

इनेप्लिज २०७९ फागुन ४ गते ११:१९ मा प्रकाशित

तिम्रो बारेमा मनबाट सोचेर केही शब्द लेखिरहेको छु
त्यो रूपको बयान गर्न खोजिरहेको छु

यो मेरो जीवन तिम्रो लागि साँचेको छु
पहाडका दृश्य आँखामा कैद गरिरहेछु
तिमि सँगै घुम्दा घुम्दै म कहाँ पुगेको छु
एक छिन बस तिमि केही कुराकानी गर्नेछु

तिम्रो साथ चाहियो मलाई यो जीवनमा सँगै रमाउँछु
यो जीवनको यात्रामा मायालु तिमि सँग रमाएको छु
त्यो मुस्कान अनि माया बाट धेरै कुरा सिकेको छु
तिम्रो बारेमा मनबाट सोचेर केही शब्द लेखिरहेको छु

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया