अमेरिकाको न्यूजर्सीमा एक बिधार्थीलाई ४ जनाले आक्रमण गरे पछि स्वयम आत्महत्या

इनेप्लिज २०७९ माघ २९ गते १२:५५ मा प्रकाशित

अमेरिकाको न्यूजर्सीमा एक बिधार्थीलाई ४ जनाले आक्रमण गरे पछि बिधार्थीले स्वयम आत्महत्या गरेकी छिन ।

आक्रमणकारी चार विद्यार्थीहरूलाई आरोप लगाइएको छ । बिधालयका जिल्ला अध्यक्ष (डिस्ट्रिक्ट सुपरिटेन्डेन्ट)ले बिद्यालयको बरण्डामा १४ वर्षीया न्यू जर्सीका विद्यार्थी विरुद्ध अभिलेखन (रेकर्ड )गरिएको आक्रमण सामाजिक संजालमा व्यापक भए पछि अध्यक्ष राजिनामा दिएका थिए । त्यो व्यापक भए पछि किशोरीले आफ्नो ज्यान आफै लिएको उनका बुवाआमाले बताए ।

एक किशोरलाई उत्तेजित आक्रमणको आरोप लगाइएको छन् भने दुई जनालाई उत्तेजित आक्रमण गर्ने षड्यन्त्रको आरोप लगाइएको छ । त्यसै गरि एकलाई उत्पीडनको आरोप लगाइएको न्यू जर्सीको ओशन काउन्टीका अभियोजकहरूले शनिबार बताए ।

सबै चार जनाका अभिभावकहरूलाई उजुरीहरूको प्रतिलिपिहरू दिइयो र उनीहरूलाई भविष्यमा अदालतमा उपस्थित हुन बाँकी रहेको रिहा गरिएको ओशन काउन्टीका अभियोजक ब्राडली डी. बिलहिमरले शनिबार बिधुतिय डाक (इमेल)पठाएको एबिसीन्यूजले समाचार लेखेको छ ।

स्व एड्रियाना ओ कुचको परिवारले फेब्रुअरी ३ मा बेभिलको केन्द्रीय क्षेत्रीय माध्यमिक बिद्यालय (हाई स्कूल)मा बिद्यालयको सुरक्षित बाकस (लकर)को छेउमा कुटपिट गरेको दुई दिन पछि उनको शव फेला पारेको उनको बुबाले बताए ।

केन्द्रीय क्षेत्रीय विद्यालय जिल्लाले शनिबार अध्यक्षले राजीनामा गरेको घोषणा गरेको छ । उनका बुबाका अनुसार आफ्नी छोरीलाई २० औंस (०.५६ लिटर) पानीको सिसीले प्रहार गरेको जानकारी दिएका छन् ।

आक्रमकारी एक किशोरीले मृतक किशोरीलाई दुई वर्षदेखि एकअर्कालाई मन पराउँदैन थिए । उनले छोरीलाई बिधुतिय संचार माध्यमद्वारा धम्की दिइरहेको बताए । एड्रियानाको जन्म ओहायोको टोलेडोमा भएको थियो र सात वर्षअघि बेभिलमा बसाई सरेकी थिइन्।

प्रतिक्रिया