बेलायतका प्रधानमन्त्री ऋषि सुनकले कन्जरभेटिभ पार्टी(दल)को अध्यक्षबाट नदिम जाहावीलाई बर्खास्त गरेका छन ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नो व्यक्तिगत कर व्यवस्थालाई लिएर आलोचनाको सामना गर्नु परेका कन्जरभेटिभ पार्टी(दल)का अध्यक्ष नदिम जाहावीलाई आइतबार बर्खास्त गरेका छन ।
सुनकले गत हप्ता आफ्नो नैतिक सल्लाहकारलाई जाहावीले कर अधिकारीहरूलाई ५.९६ .मिलियन डलर सम्झौताको भागको रूपमा जरिवाना तिरेको दाबी गरे पछि छानबिन गर्न आदेश दिएका थिए ।
प्रधानमन्त्री सुनकले जाहावीलाई कर मामिलाको अनुसन्धानले मन्त्री पदीय संहिताको गम्भीर उल्लंघन गरेको पाइएपछि आइतबार सरकारबाट बर्खास्त गरेको सिएनएनले समाचार लेखेको छ ।
सुनकले गत वर्ष बेलायतमा राजनीतिक उथलपुथलको अवधिमा छोटो समयका लागि अर्थमन्त्री रहेका जाहावीको कर मामिलामा प्रश्नहरूको छानबिन गर्न स्वतन्त्र सल्लाहकारलाई आदेश दिएका थिए।
जाहावीले बेलायतका कर अधिकारीहरूले उनी आफ्ना घोषणाहरूसँग “लापरवाह” गरेका थिए तर कम कर तिर्न जानाजानी गल्ती गरेका थिएनन भनि बताएका छन् ।
जाहावीलाई लेखेको पत्रमा सुनकले भनेका छन्, अनुसन्धानले आफ्नो काम पूरा गरेपछि, “मन्त्रिस्तरीय संहिताको गम्भीर उल्लंघन भएको स्पष्ट छ।”
प्रतिक्रिया