यहाँ भोक  र शोकले पिडित…………..

गोबिन्द राज ओझा (राजन) २०७९ कार्तिक २० गते १६:१४ मा प्रकाशित

यहाँ भोक  र शोकले पिडित भई बस्नु परेको छ        

छोरा छोरीलाई  खुवाउन केहि नभएर मन दुखेको छ   

ज्वरो आएर बिरामि पर्दा सिटामोल खान पाएको छैन         

भाषण मात्र कति सुन्ने,देशमा केहि परिवर्तन भएन  

नेताहरुको ठुला ठुला महल, जनता गरिविले पिडित भएका छन  

भाषण मात्र कति गर्छौ ,किन क्रान्ति गरे भन्यौ केहि दिन सकेनौ  

सुखि नेपाली र समृद्ध नेपाल बनाउन देशको लागि सोच्यौ

झुपडी,झुपडिबाट देशको लागि आवाज उठाउने गरौ

प्राणको बाजि लगाएर भए पनि देशको  सुरक्षा गरौ    

गाउँगाउँमा उपचार गर्नका निमित एम्बुलेन्सको व्यवस्था गरौ

सबै नागरिकलाई सुरक्षाको प्रत्याभुति दिने विषयलाई महत्वका साथ हेरौ

यो राष्टको बारेमा जिम्मेवार भएर सबैले सोच्ने गरौ

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया