यो संसारको चलन………….

गोबिन्द राज ओझा (राजन) २०७९ कार्तिक १८ गते २१:३६ मा प्रकाशित

यो संसारको चलन बेग्लै छ
सबैलाई धन नै प्यारो लाग्छ

चिनेको मान्छे भन्दा किनेको मान्छे काम लाग्छ
कहिले मैले सोच्ने गर्छु चिनेको मान्छे कहिले पो काम लाग्छ
यो संसारको चलन बेग्लै छ
सबैलाई धन नै प्यारो लाग्छ

धन हुनेको सबैलाई माया नहुनेलाई छायाँ
कति पो टेक्न सक्छ धन हेरेर गरिने माया
मान्छे सबै धनि भए यो संसार कस्तो देखिन्छ
चिनेको मान्छे भन्दा किनेको मान्छे काम लाग्छ

यो संसारको चलन बेग्लै छ
सबैलाई धन नै प्यारो लाग्छ
जता जाउ जहाँ जाउ पैशा पैशा भन्छन
मान्छेहरु आफ्नो ईमान सबै बिर्सन्छन

मान्छेहरु सबै असल भए खराब को देखिन्छ
चिनेको मान्छे भन्दा किनेको मान्छे काम लाग्छ
यो संसारको चलन बेग्लै छ
सबैलाई धन नै प्यारो लाग्छ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया