आँखा भरि तिम्रो माया मुटु…………

गोबिन्द राज ओझा (राजन) २०७९ कार्तिक ८ गते ११:२५ मा प्रकाशित

आँखा भरि तिम्रो माया, मुटु भरि तिम्रो माया

मेरा हृदयमा छ मेरि मायालुको माया  

कसरि माया बस्यौ,  दर्शन गर्न आतुर छ मन 

फर्केर आउदा अब भेट हुन्छ हुदैन भन

एक ठाउँमा बसौला कुराकानि हुन्छ

उनि सँगको भेटले मेरो मन खुसि हुन्छ

हरेक कुरामा आश मात्र गरेर बसेको हुन्थे

मेरो सबै ईच्छा पुर्याउन दु:ख गरि रहे

दुई मुटु ,दुई धडकनको मिलनको समय

सँग सँगै घुम्यौ, अहिले छ हामि सँग समय

सधै साथमा जिवन बिताउन पाए हुन्थ्यो

यो जगतमा प्रितिको फुल फुलाउन सके हुन्थ्यो

गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

प्रतिक्रिया