यो दुनियामा तिम्रै चर्चा मात्र……….

इनेप्लिज २०७९ असोज २५ गते ९:४५ मा प्रकाशित

यो दुनियामा तिम्रै चर्चा मात्र सुन्छु मैले
केहि पर्दा तिम्रै साथ खोजिरहन्छु म जहिले

यो जिन्दगिमा लक्ष्य सम्म पुग्न संघर्ष गर्दछु
सोचमा पर्दा यो मन कता कता डुल्दोरहेछ
जिन्दगिमा मायालुको साथ सधै चाहिदोरहेछ
उनको छेउमा बसेर यो मन किन रोईरहन्छ

तिम्रो त्यो मुहार छ मेरो आँखा भरि
सम्झन्छु तिमीलाई मैले घरिघरि
ति हिमालका दृष्य यो मनमा रहिरहन्छ
किन मेरो मन तिम्रो यादमा रोईरहन्छ

गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया