कसैलाइ तीनओटा एक्का,
कसैलाइ दुक्की जुट
कसैलाइ डवल रन,
कसैलाइ सिंगल रन,
कसैलाइ गुलाम बढी,
थरी थरीको चातुर्यमा,
थरी थरीको चाल,
हो, ठिक्कै सुन्नु भो हजुरले,
जुवाको खाल हो जिन्दगी !
एक हात पर्छ,
दस हात सोत्तर,
सोरेरेर राखेको नोटको थुप्रो
सरेर जान्छ यता उता
अगल बगल,
कहिले वादशाह टप प्याक,
कहिले गुलाव बढीले नै झ्वाम्म
थरी थरीको चातुर्यमा
थरी थरीको चाल
हो, ठिक्कै सुन्नु भो हजुरले,
जुवाको खाल हो जिन्दगी !
कहिले क्षणिक जीतको आनन्द
कहिले मिडप्याकको निराशा,
कहिले साईड शो,
प्राय व्लाईन्ड शो को कौतुहल,
कहिले नहल टप त कहिले गुलाम जुट
प्राय: लुटिएर घर जानु पर्ने,
रितो खल्ती लुत्त बाहिर झुण्डाऊंदै,
थरी थरीको चातुर्यमा
थरी थरीको चाल
हो ठिक्क सुन्नु भो हजुरले
जुवाको खाल हो जिन्दगी !
राजमित्र प्रांगण
माल्डेन,बोस्टन,
अमेरिका ।
१०/७/22
लेखक /साहित्यकार
प्रतिक्रिया