अनेसासले मनायो दसैं काव्यमहोत्सव 

इनेप्लिज २०७९ असोज १५ गते १९:०६ मा प्रकाशित

समाचारदाता 

२०७९ असोज १५ 

अनेसासले मनायो दसैं काव्यमहोत्सव 

अनेसास केन्द्रिय कार्यसमितिले अक्टोवर १ शनिवार बिहान ९ बजे देखी दसैं विशेष काव्य उत्सव आयोजना गरेको थियो । नियमित संचालन हुने अनेसास अनलाइन संवाद अन्तर्गत दसैं विशेष कविता बाचन गरिएको थियो। अनेसासले देश परदेश रहने सम्पूर्ण नेपालीहरू प्रति विजयादशमीको शुभकामना दिने र दसैं रचना सुन्ने सुनाउने उदेश्यले आयोजना गरेको उक्त छोटो मिठो कार्यक्रमको अवसरमा मिठ मिठा कविताहरू वाचन भएका थिय। कार्यक्रममा प्रवासी स्रष्टाहरूको सृजनामा प्रवासीको दसैँ र घरको याद बढी हुने कुराहरू भेटिन्थो। सर्जकको विशेष रचनाका साथै आफ्ना मौलिक रचनाहरू वाचन गरिएका थिए ।

दसैँ विशेष रचना वाचन कार्यक्रममा सर्वज्ञ वाग्ले, पदम विश्वकर्मा,राजेन्द्र श्रेष्ठ,बिमला ढुंगाना, तीर्थ अधिकारी, निजानन्द मल्ल, तारा अधिकारी, सरिता अर्याल, प्रमोद सारंग, शकुन्तला ज्ञावली, तीर्थ पाण्डे, लालगोपाल सुबेदी, राजन महर्जनलगायतले दसैँ विशेष रचना वाचन तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न सो कार्यक्रम महासचिव विमला ढुङाना (निरौला)ले संचालन गर्नुभएको थियो ।

नेपालीहरूको चाड दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी मान्यजनहरूको हातबाट टीका ग्रहण गरेर मनाउने गरिन्छ ।

प्रतिक्रिया