“ नसोधिएका कथाहरु “ नामक आत्मकथा पुस्तक लेखनदेखि अनौपचारीक बिमोचन हुँदासम्मको मेरो अनुभव !

शशी के.सी २०८२ वैशाख २७ गते १३:५५ मा प्रकाशित

शशी केसी :यो पुस्तक मेरी ९२ बर्षिया सासुआमा पवित्रा खत्रीको आत्मकथा हो र उँहाको आत्नकथालाई पुस्तकको रूपमा निकाल्ने परिकल्पना वा रहर चाहीं मेरो श्रीमानको हो । लगभग एक बर्षको प्रयासपछि यसले तयारीरूपमा पूर्णता पायो । या भनौं एउटा छोराले आमालाई उँहाले बाँचेको जीवन आत्मकथा पुस्तकको रूपमा निकालेर उपहार दिन पाउनु भयो ।

हामी प्रायः नेपाली महिलाहरू विवाहपछि कर्मघर प्रति यति समर्पित बन्छौं , जन्मघर लगभग धेरैले बिर्सन्छौं पनि । खै खासमा हुनु पर्ने पनि तेस्तै नै पो हो की सभ्य नेपाली समाज बन्न ? आजकल पो बाटोघाटो र संचारको सुविधा जताततै उपलव्ध भयो र जन्मघरसँगको दुरी छोटी न थाल्यो । उहिले त टाढा विवाह गरेर गएपछि जन्मघर निक्कै विरानो हुने महिलाहरूको लागि । तेसैले त उहिले गाईने तिजका गीतहरू प्रायः माईतीघर संम्झेर गाईएका, विरहले भरीएका हुने रहेछन् ।

उहिले गाईने तिजका गीतहरू प्रायः माईतीघर संम्झेर गाईएका, विरहले भरीएका हुने रहेछन्

मेरो सासुआमाको जीन्दगी पनि विवाहको केही बर्षपछि जन्मघरबाट टाढा नै बितेको रहेछ । मेरो श्रीमानलाई मामाघर लगाएत आफ्नी आमाको बाल्यकालको बारेमा तेती थाहा रहेनछ र सधैं जान्न रहर लागिरहने रहेछ । दश बर्ष अगाडी भान्जीलाई सानो टेपरेकटर दिएर मुवाको अंन्तरवार्ता लिनु भनेर खेल्न दिंदा त मुवाले खुरूखुरू आफ्नो बाल्यकालको कथा भनिबक्सेछ । त्यो देखेर मुवाको जीवनी निकाल्ने रहर जागेछ । कसरी र कोबाट लेखाउने खोज्दै जाँदा लेखन कुञ्जमा सम्पर्क हुन पुगेछ र तेंहाबाट उपलव्ध घोष्ट राईटर रेनुका आचार्यको माध्यमबाट मुवाको यो “ नसोधिएका कथाहरु “ नामक आत्मकथा पुस्तक तयार भयो ।

अब सबैलाई जिज्ञासा लाग्ला के छ र यो पुस्तकमा पढ्नै पर्ने तेस्तो बिशेष चाहीं ? हो, हामी परिवारको लागि त यो पुस्तक बिशेष हुने नै भयो किनकी मुवाको जन्मघरतिरको बारेमा पढेर पारिवारीक जिज्ञासा सजिलै मेट्न पाईन्छ । अरू पाठकको नजरबाट यो आत्मकथा पढिरँहदा चाहीं नेपालको इतिहास नै पढिरहेछु क्या हो भन्ने महशुस पक्कै हुन्छ होला । मुवा जन्मदाँ नेपालमा राणा शासनकाल , युवा र विवाह पछि पंचायतकाल र अहिले बुढेशकालमा गणतंन्त्रकाल छ ।

मुवाको आत्मकथा जतिजति शुरूदेखि पढ्दै गयो उतिउति परिवर्तन हुँदै गएको नेपाली समाजकोरूप पनि बुझ्न सकिन्छ । उहिले केटा र केटी बच्चाहरूलाई न्वारनमा समेत भेदभाव गरिने रहेछ । मुवाले कति मज्जाले भनिबक्सेकोछ केटा बच्चाको न्वारानमा एक मोहोर र केटी बच्चीको न्वारानमा एक सुका बाहुनलाई दिने चलन रहेछ । त्यो भेदभाव कहाँ बाहुनलाई हो र त्यो त छोरा र छोरीमा गरिएको बिभेद थियो । अनि किन जान मान्थे त बाहुन , छोरीको न्वारानमा ?

त्यस्तै गुन्युचोलो दिने चलन त नौ दशक अगाडी देखि नै रहेछ । फरक तेती हो उबेला गुन्युगोलो दिनु भनेको चाहीं सानी बालिका अब विवाह गर्न योग्य भईन भन्नेरहेछ । उनलाई धोतीचोलो लगाउन लगाएर घर गरिखान सिकाउने जस्तै भान्छामा पकाउन , तरकारी काट्न , पूजाआजाको लागि बत्ती कात्न , पात गाँस्न देखि घर बाहिरको काम बस्तुभाउ हेर्ने , दूध दुने , घाँसदाउरा गर्न जानेसम्मको तालिम दिने गरिदों रहेछ । आजकल गुन्युचोलोमा त चादींको खड्कुलोमा खुट्टा धोएर, नाचगान र पार्टी प्यालेसमा धुमधामले जाँडरक्सी , माछामासु सहितको पार्टी खुवाईन्छ । समय बदलियो ।

अझ रोचक कुरा त “अक्षर नै नचिनेकी “ मुवाले अहिलेका नातिनी पुस्ताले पढेलेखेर जागिर खाँदै आफ्नोमा खुट्टा उभिएर उन्नति गरेको देखेर गर्व महशुस गरिबक्सेको छ । उँहाले भविश्यका छोरीहरूलाई संन्देश दिंदै भनिबक्सेको छ “ रहर छुनु त परको कुरा । रहरै देख्न नपाएकी , सपनाको संसार कल्पनामै पनि टेक्न नपाएकी म उदाउँदा छोरी, नातिनी , पनातिनीहरू र आजका सबै छोरीहरू , उनीहरूलाई भन्न चाहन्छु , मजाले उदाउनु । कसैको हस्तक्षेपविना स्वतंन्त्र भएर उदाउनु ताकि शरीर अस्ताउँदा पनि उदाइरहोस तपाईंहरूको कर्म । मेरो आशीर्वाद छ सबै छोरी जातिलाई “

मुवा जन्मदाँ नेपालमा राणा शासनकाल , युवा र विवाह पछि पंचायतकाल र अहिले बुढेशकालमा गणतंन्त्रकाल छ

यो पुस्तक लेख्ने शुरूआती दिनदेखि मैले चाहीं पर्दापछाडीको भूमिकामात्र निभाएको हो । पुस्तक लेखनको पुरै जिम्मा त मेरो श्रीमान र घोष्ट राईटर रेनुकाले गर्नु भएको हो । पुस्तक प्रकाशित भएर निक्ले पछि पढ्दा केही स-साना मानविय त्रुटी बाहेक मुवाको आत्मकथा त निक्कै राम्रो बनेको पाँए । एक बर्ष लगाएर, बारम्बार मुवासँग कुरा गरेर, मुवाले भनेका कुराहरू मुवाकै भाषा र लवज शैलीमा जस्ताको तस्तै लेखेर प्रस्तुत गर्न सक्ने खुवी लेखिका रेनुकाको प्रशंसनिय लाग्यो । परिवारको अगाडी पोख्न नसकेका कुराहरू मुवाले मज्जाले उनलाई पोखिबक्सेछ । र त यति राम्रो आत्मकथा बन्यो ।

पुस्तक तयारी भएर प्रकाशित हुँदासम्म म अमेरिकामा नै थिंए । नेपाली आमाको मुख हेर्ने दिन फेसबुक मार्फत सार्वजनिक गर्ने सल्लाह हुँदै थियो । गज्जब भईदियो । म नेपाल त जान्छु यो बर्ष तर कहिले जाने ठेगान नभएको , खै एक्कासी जाउँ जस्तो लाग्यो, टिकट हेर्दा राम्रो मुल्यमा पाईयो । म नेपाल उडें ।

पूर्व सल्लाह अनुसार शुक्रबार मुवाको फोटो र सानो भीडियो क्लिप लिन लेखन कुञ्जबाट दुई जना घरमा आउनु भयो । उँहाहरूले “आईतबार आमाको मुख हेर्ने दिन” प्रत्येक बर्ष जस्तै यो बर्ष पनि केही आमाहरूलाई सम्मान गर्ने कार्यक्रम छ मुवालाई एकै छिन ल्याईदिनुन भनेर अनुरोध गर्नु भयो । ९२ बर्षिया मुवा बिस्तारै हिंडन सके पनि धेरैबेर त बस्न गारो हुन्छ , एकैछिनलाई ल्याउँछौं भने ।

भन्छन् नी “ जुर्नु पर्छ जे पनि संम्भब छ । “ शायद मुवाको पुस्तकको अनौपचारीक बिमोचन कार्यक्रममा सामेल हुन मलाई जुरेको रहेछ । म नेपाल पुगें । आमाको मुख हेर्ने दिन एकै छिनलाई मुवालाई लिएर बानेश्वर थापागाउँमा रहेको “ लेखन कुञ्ज “ गएका हामी ३ घण्टा पुरै कार्यक्रम समापनसम्म बसेर फर्कियौं । कार्यक्रममा अरू आमाहरू जसको आत्मकथा लेखन कुञ्ज मार्फत नै लेखन र प्रकाशित भएको रहेछ , आउनु भएको थियो । हाम्रो मुवाको आत्मकथा “ नसोधिएका कथाहरु “ प्रमुख अतिथि नेपालकी सौन्दर्यविज्ञ कमला श्रेष्ठ मार्फत अनौपचारीक बिमोचन भयो ।

हाम्रो मुवाको आत्मकथा “ नसोधिएका कथाहरु “ प्रमुख अतिथि नेपालकी सौन्दर्यविज्ञ कमला श्रेष्ठ मार्फत अनौपचारीक बिमोचन भयो

अन्त्यमा , हामी नेपाली आजकल धनका धनी प्रशस्त भएकाछौं । अब मनको धनी हुनेबेला भयो । आफ्ना घरमा रहेका जेष्ठ नागरिक आमाबुबाहरूका आत्मकथाहरू लेख्न थाल्ने दिन आयो । सके आफै लेखेर , नसके लेखन कुञ्जले जस्तै अरू कुनै संस्था मार्फत उपलव्ध हुने घोष्ट राईटर खोजेर लेखाउँदा हुन्छ । अझ कति आमाबुबाले आफुले लेखेर , सम्हालेर राखेका कथा , कविता पनि घरका किताबका ठेलीहरूमा होलान् । खोज्न थालौं ।

मुवाको पुस्तक निकाल्ने कार्यले ९२ बर्षिया मुवालाई एक प्रकारको थेरापी जस्तो भयो । धेरै संतान भएपनि साथमा कोही नहुँदा बोल्ने र सुन्ने मानिसको कमीलाई पुस्तक लेखन कार्यले उर्जा दियो । मुवाको संम्झन सक्ने क्षमता तिक्ष्ण रहेछ र त यो आत्मकथा तयार हुन संम्भव भयो। के थाहा तपाईंका आमाबुबाका आत्मकथा पनि रोचक छन् की ? ती भविष्यका पुस्तालाई उपहार बन्न सक्छ ।

“नसोधिएका कथाहरु” थुप्रै डट कमबाट अर्डर गर्न सक्नुहुनेछ । पुस्तक पेपरब्याक र हार्डकभर दुवै भर्सनमा उपलब्ध छ ।बिस्तारै ई- बुक पनि निक्लने तयारीमा छ ।

https://thuprai.com/book/nasodhiyaka-kathaharu

आउँदै गरेको मदर्स डेको शुभकामना सबैलाई ।

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया