हैन हौ गाठे,

इनेप्लिज २०७९ असोज १२ गते ११:१० मा प्रकाशित

पश्चिमी शिक्षाले र इन्डियन लाजनीति घुसेको संस्कृतिले नेपालीहरुको दिमाग नराम्ररी भुटेकै रछ, Brain-Wash गरेकै रछ हौ ! यस्तो भ्रम फिजाई दिएको छ कि, हामीले ति भ्रमहरुलाई चिरफार गर्न धेरै समय लाग्छ ! तर पनि सचेत नेपाली नागरिकहरुले यी तितो सत्यलाई मनन गरुन ।

भ्रम १ – के नेपालको इतिहास २५० वर्षको मात्र हो र ? शाह बंश भन्दा अगाडी नेवार,मल्ल, राई, किरात, थारु, गुरुङ मगर राजाहरु थिएनन् र ? उनीहरुलाई फेरी बाबा गोरक्षनाथले आशिर्बाद दिन सक्नु हुन्छ भन्ने कस्तो हेक्का नभएको होला ?

भ्रम २ – किरात भासामा ‘मंगोल’ को अर्थ हुन्छ – पुरुषहरुको सिस्न (लिङ्ग) को रातो भाग छोप्ने छाला ! युरोपिएन युनिएनले आदिबासीहरुलाई “तिमीहरु मंगोल हौ ” भनेर उचालेको (सिस्नको छाला बनाएको) किन नबुझेको होला नेपालीहरुले ? तावाको माछा भुंग्रोमा भने जस्तै स्तिथि पश्चिमा दलालहरुले बनाउदै छन् है।

भ्रम ३ – नेपालको सनातन धर्म, राजसंस्था र नेपाली सेना लाई लंगडो पारेपछि आफ्नो सत्ता लाद्न सकिन्छ भनेर पश्चिमा शक्ति र इन्डियन भैयाले बुझेर नै यो सबै गोलमोल भद्रगोल पारेको हो ! आखामा खुर्सानी फ्याकेर मंगलशुत्र लुट्ने यिनीहरुको दाउ हो। सोझा साझा नेपालीहरु र डमरु / त्रिशुल बोकेको नेपाली सेनाले बल्ल अहिले कुरो बुझ्दैछन । नेपालको शिक्षा पनि नराम्ररी थला पारेर छोड्यो। English फरर संस्कारले स्नेही ‘आमा’ भन्न छोडाएर (मरेको लाश ) Mummy भन्न सिकायो । ममतामयी ‘दिदि बहिनि’ भन्न छोडाएर Madam भन्न सिकायो। याद रहोस, पुरानो Oxford – शब्दकोश अनुसार परस्त्री अथवा बेस्याको नाइके लाई Madam भानिन्छ ! खै त कुरो बुझेको ? त्येस्तै, गोरो छाला पश्चिमाहरुले फरर् र अंग्रेजी बोलेपछि बिध्वान ठान्ने र Newton को पालादेखी स्याउ भुइमा खस्न थालेको पत्याउने मुर्ख नेपालीहरु देखेर नरमाइलो लाग्छ ।

भ्रम ४ – एउटा इन्डियन लट्टे जोगीले भनेको कुरा पत्याएर ‘गुरु’ भन्दै लम्पसार पर्ने नेपालिहरु देखेर उदेक लाग्छ । पबित्र तिर्थस्थलहरु सबै यहि छ जस्तो कि – मुक्तिनाथ, पशुपतिनाथ, बैजुनाथ (साफेबगर), बद्रिनाथ, केदारनाथ (डोलेश्वोर), सोमनाथ, कुशेश्वर, उत्तर गया, ऋषिकेश (रुरु पाल्पा), काशी (कास्की), प्राचिन हरिद्वार (बराह क्षेत्र) आदि इत्यादी । शास्त्र अनुसार, कन्चनजंघा देखि धौलागिरी सम्मको हिमाली भूभाग लाई उत्तराखण्ड र त्रिबेणीधाम नवलपरासी देखि उत्तरको हिमाली खण्ड (गण्डकी र धौलागिरी) लाई उत्तराखण्ड भानिन्छ ! योग ध्यानका पिता योगी पातंजली हिमवत खण्डमा प्रकट हुनुभएको थियो भने, ४ बेद १८ पुराण का रचयिता महर्षि बेद्ब्यासको जन्म उत्तराखण्ड दमौलीमा भएको थियो । बिश्व को प्रथम ज्योतिर्लिङ्ग उत्पति भयको स्थान कुशेश्वर धाममा बसेर महर्षि विश्वामित्रले पबित्र गायत्री मन्त्र रचना गर्नु भएको थियो भने देवघाटमा बसेर महर्षि बशिस्ठले महामृत्युनजय मन्त्रको रचना गर्नु भएको थियो । धन्वन्तरि देव ले अमृतघडा मन्थन गर्नु भएको क्षीर सागर (दुध कोशी ) यहि छ ! रूद्रको अक्ष खसेर रूद्राक्ष उत्पती सिद्धिपुर (भोजपुर) र अलौकिक शालिग्राम बोकेर बग्ने पबित्र गंगा यहि छिन । प्रत्येक पहाडको टाकुरामा देवीहरुको बास छ। हजारौ ऋषिमुनिहरुको जन्मस्थल, भगवान राम, कृष्ण र बुद्धको जन्म स्थल पनि यहि नेपाल भुमि हो । वेद, ब्रह्माण्ड, खगोल शास्त्र , अंक, नवग्रह, आयुर्बेद, योग-ध्यान, ज्योतिष पत्ता लगाउने हाम्रा ऋषिमुनि हुन तर तर पनि इन्दियन भैया ले वेद, पुराण, ऋषिमुनिहरु ईन्डियाको भन्छ । शिवजि धरी हाम्रो ” Shiva is an indian God” भन्छ। शिवजीलाई पनि indian passport दिने भैयाले – तालु खुईले लाई पनि काईयाे बेच्ने भैयाले साेझा नेपालिहरूलाई झुक्याउछ सक्ने त कुरै भएन ! इन्डियन लट्टेजोगीको कुरा सुनेर ईश्वर खोज्न इन्डिया तिर लाग्ने स्वाठ नेपालीहरु देखेर उदेक लाग्छ ।

भ्रम ५ – अर्को महत्वपूर्ण कुरा, ९० साल भन्दा उताको पुस्तक र अभिलेखहरुमा कहिँ पनि ‘हिन्दु’ शब्द उल्लेख गरिएको छैन। त्यो बेलासम्म नेपाललाई “सनातन धर्म नेपाल राष्ट्र” भनेर भनिन्थ्यो ! भारतको संकराचार्यजस्ता बाहुनहरुको जमातले नेपाललाई आफ्नो पकडमा राख्नको लागि हाम्रै सनातन संस्कृतिको खोल ओडेर नेपाल पसे ! हामीले ति इन्डियन भेसधारीहरुलाई चिन्न सकेनौ । इन्दिरा गान्धीकै पालादेखि ‘हिन्दु सहितको राजसंस्था” बनाउन RAW जस्तो भारतको जासुसी संस्था लागिपरेको छ । आदिमकाल देखिको हाम्रो सनातन संस्कृति लाई प्रदुषित गर्ने कुचेस्टा गरिराखेको इन्डिया को कालो कर्तुत, राजेन्द्र मुतो जस्ता नाेकरसमूह खडा गरेको कुरा चाही बल्ल नेपालीहरुले बुझ्दैछन । RAW को माग हिन्दु सहितको राजसंस्था ल्याउनु भनेको इन्डियाको जासुसी सस्थाको माग पुरा गर्नु हो। MCC लादेर अमेरिकाले गुलाम बनाउन खोज्नु र इन्डियाले हिन्दु सहित को राजतन्त्र ल्याउनु कुरो एउतै हो ! ब्वासोले गाइको गुद्वार कन्याएर आन्द्राभुडी निकाल्न खोजे कथा याद गर्नुहोस ।

सनातन धर्म भित्र सबै सम्प्रदायहरु अटछन । अनि, ईन्डियन हिन्दु भन्ने बित्तिकै इसाइ, बाैद्ध, किरात संस्कृति, कृस्च्यनहरुले आफ्नो ठाउँ खाेज्नु स्वभाविक पनि हाे ! यहाँ त ” मेराे धर्म राम्रो- तिम्रो धर्म चाम्रो ” भनेर बन्द बाकसले शंकै शंका उब्जायो /दाजुभाईबिच फाटाे ल्यायो क्या, खोइ कुरो बुझेको?

भ्रम ६ – थरीथरीको बाद ल्याएर नेपालीहरुबीच भाडभैलो गराए । जतातै कांग्रेस, माओबादी, माले , झाले – काले भेटिनछ तर सच्चा नेपाली भेटिदैन । नेपाल भित्र नै नेपालि खाेज्नुपरेको छ। यसो गम्नुस न- बेद भित्र नै साम्यबाद र समाजबाद छ त। पृथ्वीनारायण शाहको २७ बुधे दिव्य उपदेश पढयोभने संसारका कुनै पनि राजनीतिशास्त्र पद्नु पर्दैन ! श्रीकृष्ण भगवानको दिव्य उपदेश गीता पढयोभने संसारका कुनै जीवन र जगतको दर्शन पद्नु पर्दैन ! अफसोच, हाम्रा बिद्यार्थी हरुले मार्क्स / लेलिन लाई राम्ररी चिने तर राष्ट्र निर्माता पृथ्वी नारायण शाह लाइ चिनेनन ! शेकुसपिएर, आइन्स्तिन र हकिंनसले लेखेको पढे, तर वेद, उपनिसाद, गीताका दिब्य ज्ञान पदेनन- ! हाम्रो सनातन धर्म, शास्त्र र बैदिक शिक्षालाइ लंगडो परियो – मलाई चित्त दुख्छ !

शिव शंकर भोले बाबाको बासस्थान हिमवत-खण्ड नेपाल हो। बैदिक सनातन धर्म प्रादुर्भाव भएको हाम्रो नेपाल राष्ट्र सबै जात जाति, धर्म- संस्कृतिको फुलबारी हो। पश्चिमाहरुले क्रिस्चिएन फिजाउन खोज्नु र इन्डियनहरुले हिन्दु मात्र भनेर लाद्न खोज्नु कुरो एउतै हो। यो गोरक्ष भुमि नेपाल राष्ट्र सदा सर्बदा अटल सार्भभौम सत्ता सम्पन्न राष्ट्र हो । यो देवभूमि, स्वर्गभुमि, ऋषिमुनिहरुको तपोभूमिमा पश्चिमा र इन्डियाले गिद्धे दृस्टी लगाएको कुरा सबैले बुझ्न जरुरि छ । बाबा गोरक्षनाथको आशिर्बाद लिएर गोरखपुत्रहरु जागिसके !

सबैलाई चेतना भया ।

प्रतिक्रिया