विराटनगर, ७ असोज(रासस): नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री महेश आचार्यले संविधान निर्माण भएको लामोसमयसम्म पनि जनता हितका कतिपय कानून निर्माण नहुनु दुःखद हो भत्रुभएको छ ।
प्रदेश नं १ प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलद्वारा प्रकाशित स्मारिका–२०७९ को आज लोकार्पण गर्दै उहाँले सो कुरा बताउनुभएको ।
नेता आचार्यले सार्वभौम अधिकारको थलोको रुपमा रहेको संसदबाट पारित कानून राष्ट्रपतिले प्रमाणीकरण नगर्ने असिमित अधिकार नभएको भन्दै सङ्घीयताको मर्म र धेयलाई सबैले पालना गर्नु पर्ने धारणा राख्नुभयो ।
उहाँले प्रकाशित स्मारिकाले आउने प्रदेश सभालाई मार्गदर्शन हुने भन्दै प्रदेशको नामकरण नहुनु संस्थापक प्रदेश सभाको ठूलो भुल हो भत्रुभयो ।
सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीले नेपाली कांग्रेसले लगभग चार वर्ष प्रदृेश सभामा प्रतिपक्षको भूमिका निर्वाह गरेको भन्दै प्रकाशित स्मारिकाले नेपाली कांग्रेले प्रदेश सभामा खेलेको भूमिकाका बारेमा चित्रण गरिएको छ भत्रुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले परिवर्तनलाई आत्मसात नगर्ने परिपाटीले देशमा केही समस्या आएको बताउनुभयो।
उहाँले बलिदान र जनताको त्यागबाट प्राप्त यो व्यवस्थाले थोरै समयमा धेरै काम गरेको बताउँदै प्रदेश सभामा प्रदेशको नामकरण गर्नमा कुनै समस्या नरहेको तथा सरकारले यो प्रस्ताव सदन प्रस्ताव गर्न नसकेकोमा चिन्ता व्यक्त्त गर्नुभयो ।
उहाँले प्रकाशित स्मारिकाले नेपाली कांग्रेसले सदनमा खेलेको भूमिका निकै रचनात्मक र सिर्जनात्म रहेकाले आउने सभाले यसलाई पछ्याउने विश्वास व्यक्त्त गर्नुभयो ।
कार्यक्रमा सार्वजनिक लेखा समितिका सभापति शिवनारयण गनगाँई, नेपाली कांग्रेस सुनसरीका सभापति एवं इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाँई, नेपाली कांग्रेस प्रदेश समितिका महामन्त्री उमेश थापाले पनि प्रदेश सभामा नेपाली कांग्रेसले निर्वाह गरेको जिम्मेवारीका विषयमा बोल्नुभएको थियो ।
प्रतिक्रिया