बेलायतका नयाँ प्रधानमन्त्री लिज ट्रसले महारानी एलिजाबेथ द्वितीय विश्वको सबैभन्दा महान् नेताहरू मध्ये एक थिइन ,संसदको विशेष सत्र प्रारम्भको क्रममा उनले भनिन ।
लन्डनमा संसदको विशेष सत्र सुरु भएको छ भने सांसदहरूले आगामी १० घण्टासम्म रानीलाई श्रद्धाञ्जली दिनेछन्।
प्रधानमन्त्री ट्रसले मन्तव्य दिएर सत्रको उद्घाटन गरेकी छिन ।
“भीडहरू जम्मा भएका छन्; झण्डाहरू आधा खम्बा तल झारिएका छन्; हरेक महाद्वीपबाट श्रद्धांजलि सन्देशहरु पठाइएको छ।” “हिजो रातीको स्तब्ध पार्ने समाचार पछिको अवधिमा हामीले महारानीलाई गुमाउदा सबैभन्दा हृदयघाती गहिरो दु:ख देखेका छौं,” ट्रसले भनिन ।
प्रतिक्रिया