मोरङ, ८ भदौ(रासस): सामाजिक सुरक्षा कोष विराटनगर शाखा कार्यालयद्वारा बुधवार विराटनगरमा आयोजित कोषको कार्यालय उदघाटन समारोहमा सहभागी विराटनगर महानगरका प्रमुख नागेश कोइराला लगायतहरु ।तस्बिर : मनोज दाहाल ÷रासस
विराटनगर, ८ भदौ(रासस): विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरको कञ्चनबारीमा स्थापित सामाजिक सुरक्षा कोष विराटनगर शाखा कार्यालय आज यहाँ उद्घाटन गर्नु भयो ।
सो अवसरमा प्रमुख कोइरालाले लामो समयको अन्तराल पछि स्थापना भएको यो कार्यालयबाट उद्योग एवं कारखानामा काम गर्ने मजदुरका लागि निकै उपयोगी भएको बताउनुभयो ।
खासगरी मजदुरको हक, हित एवं सुरक्षाका निम्ति स्थापना भएको यो शाखामा आवद्ध मजदुरलाई कुनै समस्या परेमा कोषले मद्दत गर्ने शाखाका उपनिर्देशक रोहित रेग्मीले बताउनुभयो ।
कोषमा लगानी गर्ने मजदुरले कुनै कारण अङ्गभङ्ग भएमा, अशक्त्त भएमा वा मृत्यु भएमा निजको परिवारले ६० प्रतिशत सहयोग पाउने तथा निजका छोराछोरीलाई अध्ययन खर्च पनि व्यहोर्ने उपनिर्देशक रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया