राजिनामा दिएर बसि रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधवार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कीभमा भेट गरेका छन ।उन्को यो आश्चर्यजनक भ्रमण हो।
युक्रेनको स्वतन्त्रता दिवस अर्थात अगस्त २४ को दिन रुसले देशमा पूर्ण मात्रामा आक्रमण सुरु गरेको छ महिना पूरा भएको छ।
बेलायती प्रधान मन्त्रीको कार्यलयले भ्रमणको घोषणा गर्दै जेलेन्स्कीसँग कुरा गरिरहेको जोनसनको तस्विर साझा गरेको छ।
जोनसन युक्रेनको सबैभन्दा ज्यादा समर्थन गर्नेहरु मध्ये एक हुन भने बुधवारको यात्रा तेस्रो भ्रमण भएको छ ।
उन्ले युक्रेनसे युद्ध जित्ने बताए भने बेलायतले थप ६३.५ मिलियन डलर समेत आर्थिक सहयोगको घोषणा गरेको छ ।
रुसले आक्रमण गरे देखि ३ पटक पुग्ने उनि एकमात्र विश्व नेता हुन।
प्रतिक्रिया