जिसस तेश्रो जिल्ला सभा–पूर्व पदाधिकारी सम्मान

इनेप्लिज २०७९ साउन २५ गते १०:०७ मा प्रकाशित

मोरङ,२५ साउन(रासस): जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभाको अवसरमा समितिका प्रमुख अजम्वजर राइले पूर्व उपप्रमुख प्रकाश कुमार साहलाई बुधवार विराटनगरमा सम्मान गर्दै । । तस्बिर : मनोज दाहाल ÷रासस

विराटनगर,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा आजदेखि यहाँ शुरु भयो ।

सो अवसरमा समन्वय समितिका प्रमुख अजम्वजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गर्नु भयो ।

प्रमुख राईले सभाको उद्घाटन गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीहरुले सङ्घीयताको अनुभूति हुने गरि जनताको काम गर्नुपर्नेमा जोड दिनु भयो ।

समन्वय समितिका उप प्रमुख झा , पूर्व उपप्रमुख प्रकाश कुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य वविताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले जिससको अधिकार सुनश्चित भएमा काम गर्न सहज हुने धारणा राख्नु भयो ।

मोरङ,२५ साउन(रासस): जिल्ला समन्वय समिति मोरङको बुधवारदेखि विराटनगरमा शुरु भएको तेस्रो जिल्ला सभामा सहभागी हुदै समितिका प्रमुख अजम्वजर राई लगायत । तस्बिर : मनोज दाहाल ÷रासस

सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको छ।

समितिको जिल्लाका विगतमा कोराना महामारीको कारण भएको थिएन ।

प्रतिक्रिया