माछा उत्पादन गरेर पहिचान बनाएको

मोहम्मद सदरुल २०७९ साउन २३ गते १३:५१ मा प्रकाशित

 

विराटनगर, २३ साउन(रासस): सुनसरीको बराहक्षेत्र नगरपालिकामा पर्ने श्रीलङ्का टापुबाट पूर्वतर्फको सप्तकोशीको दृष्य ।तस्वीर : मोहम्मद सदरुल,रासस

मोहम्मद सदरुल,

विराटनगर, २३ साउन(रासस): सुनसरी बराहक्षेत्र नगरपालिकाका एक माछा उत्पादक किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

बराह क्षेत्र नगरपालिका वडा नं १० निवासी भिष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाएका छन् ।

आफ्नो उत्पादनबाट पहिचान बनाउने अधिकारीको अहिले १५ बिगहा जग्गामा २९ वटा पोखरी खनेका छन् । अत्यन्त मेहनती एवं पौरखी रहेका अधिकारी लगभग पाँच वर्षदेखि यो पेशा अपनाएका छन् । अधिकारीले शुरुमा एउटा पोखरी खत्रुभएको थियो । एक पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर पोखरीको सङ्ख्या बढाएको जानकारी दिनुभयो ।

उहाँले गएको वर्षमा रु.४० लाखको माछा बिक्री गरेर माछा उत्पादक किसानको रुपमा पहिचान बनाउन सफल भएका छन् ।

अभियानमुखी बहुउद्देश्य कृषि फार्मद्वारा उहाँले माछाका दाना उत्पादन गर्ने कारखाना पनि स्थापना गर्नुभएको छ । लक्ष्मी दाना उद्योगबाट वर्षेनी ४० टन माछाका दाना उत्पादन भइरहेको र प्रतिकेजी रु.५६ सम्म माछाका दाना बिक्री भइरहेको बताइएको छ । पानीमा तैर्ने र नतैर्ने दुई किसिमको दाना उत्पादन गर्नका लागि माछा उत्पादक अधिकारीले स्थानीय स्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन पनि गर्नुभएको छ । किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भुष पनि माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ ।

सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उत्रतिका लागि प्रदेश नं १ सरकारले पिएमपी मार्फत रु.३० लाख अनुदान दिएको अधिकारीले जानकारी दिनुभयो । प्राप्त अनुदानबाट फार्मसमेतको लगानीबाट रु.७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ ।

रेहु, भाकुर, ग्रासकार्प, नैनी जस्ता जातका माछा उत्पादन गर्ने र यसका लागि बजारको समस्या नभएको बताइएको छ ।

माछा उत्पादक अधिकारीले माछाको दाना उत्पादन गर्न ठूलो क्षमताको मेशिन अत्यन्त आवश्यक रहेको र यसबाट उत्पादित दाना अन्य माछा पालन गर्ने व्यवसायीलाई सहयोग पुग्ने भएकाले प्रदेश सरकारले आर्थिक अनुदान दिनुपर्ने माग गर्नुभयो ।

कृषि ज्ञान केन्द्र सुनसरीको प्रमुख नीलकमल सिंहले आफ्नै पौरख, क्षमता र लगानी गरी राज्यको उत्पादनमा सहयोग गर्ने किसानलाई उचित मूल्याङ्कन एवं सहयोग हुनु पर्ने बताउनुभयो ।

प्रदेशमा हालसम्ममा १० हजार ७७५ वटा पोखरी अन्तर्गत एक हजार ९६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कुल नौ हजार ८२० मेट्रिकटन माछा उत्पादन भएको छ । आर्थिक वर्ष २०७७÷७८ भन्दा गएको आर्थिक वर्षमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा नौ हजार १६० मेट्रिकटन माछा उत्पादन भएको निर्देशनायका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।

यसैगरी, ट्राउट माछा तर्फ आर्थिक वर्ष २०७७÷७८ मा रेसवे सङ्ख्या १८१ बाट गएको वर्षमा ३६२ पुगेको जलाशय क्षेत्र तीन हजार ६११ हेक्टर बाट छ हजार ८५० पुगि गएको वर्षमा ३८ मेट्रिकटन ट्राउट माछा उत्पादन भएको बताइएको छ ।

मुलुकमा विभित्र उत्पादनमा आत्मनिर्भर बनाउन जलाशय क्षेत्रको पहिचान गरी माछा उत्पादन एवं माछा पालनमा किसानलाई प्रोत्साहन गर्नु पर्ने भन्दै प्रदेश नं १ का कृषि सचिव मोघनाथ तिमल्सेनाले भत्रुभयो, ‘ अब कृषि उत्पादन बृद्धि नगरी मुलुकमा समृद्ध आउँदैन।’।

प्रतिक्रिया