इजरायलले सन्धि तोडे मात्र इरानले प्रतिक्रिया दिने: इरानी राष्ट्रपति पेजेश्कियनको चेतावनी

इनेप्लिज २०८२ असार १० गते १६:४० मा प्रकाशित

इरानका राष्ट्रपति मसउद पेजेश्कियनले इजरायलसँगको युद्धविरामसम्झौताको उल्लंघन उनीहरूले नगर्ने स्पष्ट पार्दै, “तेहरानले वार्ताका लागि ढोका खुला राखेको छ” भन्ने सन्देश दिएका छन्। 

इरान सरकार निकट नूर न्युज(समाचार)का अनुसार राष्ट्रपति पेजेश्कियनले मंगलबार भने, “इरानले युद्धविराम तोड्ने छैन, जबसम्म यहूदी शासनले उल्लंघन गर्दैन।”

यो टिप्पणी त्यतिबेला आएको हो, जब इजरायलले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको केही घण्टामै इरानले क्षेप्यास्त्र प्रहार गरेर सम्झौता उल्लंघन गरेको आरोप लगाएको थियो। 

तर तेहरानले त्यो आरोप अस्वीकार गर्दै आफूहरूले सम्झौताको पालना गरेको दाबी गरेको छ।

राष्ट्रपति पेजेश्कियनले भने, “तेहरान वार्ता गर्न र इरानी जनताको अधिकारको रक्षा गर्न वार्ताको टेबुलमा बस्न तयार छ।”

प्रतिक्रिया