राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सत्ता परिवर्तन नखोजेको स्पष्ट पारेका छन्। नेटो शिखर सम्मेलनका लागि नेदरल्याण्ड्सको द हेग जाँदै गर्दा राष्ट्रपतिको बिशेष बिमान एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “म सत्ता परिवर्तन चाहन्न। म चाहन्छु कि सबै कुरा चाँडै शान्त होस्।”
उनका अनुसार, “सत्ता परिवर्तनले अराजकता ल्याउँछ, र हामी त्यस्तो अराजकता देख्न चाहँदैनौं। त्यसैले हामी हेर्छौं अब के हुन्छ।”
यो भनाइ ट्रम्पले त्यही सप्ताहन्तमा आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानी शासनप्रति टिप्पणी गरेपछि आएको हो।
उनले लेखेका थिए, “यदि अहिलेको इरानी शासनले इरानलाई पुनः महान बनाउन नसक्ने हो भने किन सत्ता परिवर्तन नहोला?”
तर पछिल्ला भनाइमा उनले स्पष्ट रूपमा शक्ति परिवर्तनभन्दा स्थायित्व र शान्तिलाई प्राथमिकता दिने संकेत दिएका छन्।
प्रतिक्रिया