“इरान–इजरायलबीच युद्धविराम, चीन, भारत र रुसबाट स्वागत”

इनेप्लिज २०८२ असार १० गते १५:२८ मा प्रकाशित

इरान र इजरायलबीच हालै भएको तनावपछि दुबै पक्ष युद्धविराममा सहमत भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रिय मध्यस्थतामा भएको यो सहमति अन्तर्राष्ट्रिय रूपमा स्वागत गरिएको छ।

चीन, भारत र रुसले संयुक्त वक्तव्य जारी गर्दै युद्धविरामलाई “क्षेत्रीय स्थायित्वतर्फको महत्वपूर्ण कदम” भनेका छन्। 

तिनीहरूले दुबै देशलाई संयम अपनाउन र दीर्घकालीन समाधानतर्फ अग्रसर हुन आग्रह गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले यस युद्धविरामलाई ऐतिहासिक उपलब्धि भन्दै सामाजिक सॅजालमा लेखेका थिए, “कोही घाइते छैन, सबै विमानहरू घर फर्किएका छन्, र अब शान्ति स्थापना हुनेछ।” उनले इजरायली प्रधानमन्त्री नेतान्याहूसँग ‘कडा र स्पष्ट’ दूरवार्ता गरेका थिए, जसले युद्धविराम कायम राख्न निर्णायक भूमिका खेलेको बताइएको छ।

यसबीच चीनको विदेश मन्त्रालयले भनेको छ, “हामी तनाव घटाउने हरेक प्रयासको समर्थन गर्छौं।” भारतले पनि सहमति स्वागत गर्दै कूटनीतिक माध्यमबाट समाधान खोज्न जोड दिएको छ। रुसले भनेको छ, “यो सुरुआत हो, अब संवाद र विश्वास निर्माणको समय हो।”

प्रतिक्रिया