मुख्यमन्त्री राई – ‘मिस विराटनगर’

इनेप्लिज २०७९ साउन १३ गते २३:१० मा प्रकाशित


विराटनगर,१३ साउन । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले युवापुस्ताले आफनो भाषा, संस्कृति र भेषभुषाका जगेर्ना गर्नुपर्ने बताउनु भएको छ।

सष्ट्रा नेपालद्वारा आज साँझ विराटनगरमा आयोजित ‘ मिस विराटनगर’ अन्तिम प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

मुख्यमन्त्री राईले युवायुवतीहरुमा लुकेर रहेको रहेका कला, कौशलहरु यस्ता प्रतियोगिताले प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त्त गर्नु भयो ।

उहाँले मुलुकमा रहेको प्राकृतिक, धार्मिक तथा साहशिक पर्यटन क्षेत्रको प्रवद्र्धनमा युवापुस्ताले आफ्नो क्षेत्रवाट दत्तचित्रभै क्रियाशिल हुनुपर्नेमा जोड दिनु भयो ।

सष्ट्रा नेपालकी अध्यक्ष विन्दीया कार्कीले यस प्रकारको प्रतियोगिताले युवतीहरुलाई समाजको विकासमा प्रेरणा पुग्ने धारणा राख्नु भयो ।

प्रतियोगितामा १३ जना युवतीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया